• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्साको जिसस चुनावमा सत्तारुढ गठबन्धन विभाजित, जसपा र एमालेबीच तालमेल

  • वीरगंज संजाल
  • २५ जेष्ठ २०७९, बुधबार १३:३८
  • २१८५

    वीरगञ्ज । पर्सामा जिल्ला समन्वय समिति (जिसस) को निर्वाचनमा सत्तारुढ गठबन्धन विभाजित भएको छ । प्रमुख र उपप्रमुखसहित ९ सदस्यका लागि २७ जेठमा हुने निर्वाचनमा सत्तारुढ दल नेपाली कांग्रेस लोकतान्त्रिक समाजवादी पार्टीसँग मिलेको छ भने सत्तारुढ गठबन्धनमै रहेको जनता समाजवादी पार्टी प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग मिलेको छ । निर्वाचनबाट जिल्ला समन्वय समितिमा प्रमुख, उपप्रमुख, ३ महिला सदस्य, १ जना दलित वा अल्पसंख्यक सदस्य र अन्य ३ जना सदस्य गरी ९ जना छानिनेछन् ।

    प्रमुख पदका लागि जसपा र कांग्रेसको उम्मेदवारी परेको छ । उपप्रमुखमा कांग्रेस र एमालेको उम्मेदवारी परेको छ ।
    कांग्रेसले जिराभवानी गाउँपालिकाको कार्यपालिका सदस्य सरोज चौरसियालाई जिसस प्रमुखको उम्मेदवार बनाएको छ भने जसपाले वीरगञ्ज–१५ का वडा सदस्य निरञ्जन साह सोनार (अजय सर्राफ) लाई अघि सारेको छ । उपप्रमुखका लागि कांग्रेसले वीरगञ्ज–९ कि वडा सदस्य कुमारी सोनी पासवानलाई उम्मेदवार बनाएको छ भने एमालेले बहुदरमाई नगरपालिकाका पुरन कुर्मीलाई उम्मेदवार बनाएको छ ।

    ३ जना महिला सदस्यका लागि कांग्रेसबाट ३ जना, जसपाबाट २ र एमालेबाट एक जनाको उम्मेदवारी परेको छ ।

    १ जना दलित वा अल्पसंख्यक सदस्यका लागि एमाले र लोसपाको उम्मेदवारी परेको छ ।

    ३ जना अन्य सदस्यका लागि कांग्रेसले ३ जनाकै मनोनयन दर्ता गराउँदा एमालेले २ र जसपाले १ जना उम्मेदवार बनाएको छ । बुधबार उम्मेदवारको सूची सार्वजनिक र दावी विरोधको कार्यक्रम छ । जेठ २७ गते जिसस पर्साको निर्वाचन गर्नेगरी प्रक्रिया अघि बढाइएको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए ।

    सत्तारुढ गठबन्धन विभाजित
    जिससको निर्वाचनमा स्थानीय तहका प्रमुख र उप्रमुखलाई मताधिकार हुन्छ । पर्सामा १४ वटा स्थानीय तह छ । २८ मतमध्ये कांग्रेससँग १२ मत छ । एमालेसँग १०, जसपासँग ५ र लोसपासँग १ मत छ ।

    जिससको नेतृत्व आफ्नो पक्षमा पार्नका लागि कांग्रेस र जसपा विभाजित भएका हुन् ।स्थानीय तह निर्वाचनमा वीरगञ्ज महानगरपालिकामा कांग्रेस र जसपाले सहकार्य गरेका थिए । जस अनुसार मेयरमा जसपा उम्मेदवार र उपमेयरमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका थिए । जिससको निर्वाचनमा भने जसपाले कांग्रेस छाडेर नेकपा एमालेसँग सहकार्य गरेको छ । जिससको निर्वाचनमा जसपा निर्णायक शक्ति हो । कांग्रेस र एमाले एक्लैको बहुमत नपुग्ने स्थिति छ भने लोकतान्त्रिक समाजवादी पार्टीको मत थपेर मात्र कुनै दलले बहुमत पु¥याउन सक्दैन । त्यसैले जसपाले कांग्रेस–एमाले जसलाई समर्थन गर्छ उसैले जित्ने स्थिति छ ।जिसस निर्वाचनलाई लिएर पर्सामा कांग्रेस र जसपाबीच दुई पटक औपचारिक छलफल भएको थियो । कांग्रेस नेताहरुका अनुसार मनोनयन दर्ता गर्ने अघिल्लो दिन जेठ २३ गते अबेर रातिसम्म कांग्रेससँग सहकार्य गर्न जसपा तयार थियो । कांग्रेसले जिसस प्रमुख र ४ सदस्य लिने र जसपाले उपप्रमुख र ३ सदस्य लिने प्रस्ताव गरेको थियो । तर जसपाले उपप्रमुख र ४ सदस्य मागेको थियो । जसपाले यसअघि पर्साको जिससमा आफ्नै नेतृत्व रहेको भन्दै यस पटक नेतृत्व छोड्न नसक्ने अडान राखेको थियो । सोही विषयमा कुरा नमिल्दा जसपा एमालेसँग सहकार्य गर्न गएको हो । सहकार्यका लागि लगभग टुंगोमा पुगिसकेको स्थितिमा जसपाले धोका दिएको कांग्रेसका पर्सा जिल्ला उपसभापति रामनारायण कुर्मी बताउँछन् । ‘जसपाले हामीसँग नेतृत्व मागेको पनि थिएन, माग्ने आधार पनि थिएन’, उनले भने ‘एमालेले महत्वाकांक्षा बढाइदियो, त्यसपछि जसपा उतैतिर गएको छ ।’

    कुर्मीले आगामी चुनावमा जसपासँग सहकार्य नगर्ने प्रतिक्रिया दिएका छन् । जसपाले साथ नदिएपछि १ सदस्य रहेको लोसपालाई कांग्रेसले साथमा लिएको छ । दुवैको मत जोड्दा जम्मा १३ मत मात्रै हुन्छ । बहुमत नपुग्ने स्थिति छ । नेकपा एमालेका पर्सा जिल्ला अध्यक्ष जयप्रकाश थारुले जिसस निर्वाचनमा जसपासँग सहकार्य गर्ने समझदारी भएको बताए । ‘राजनीतिमा उतार चढाव आइरहन्छ, रणनीति परिवर्तन हुन्छ । सदाका लागि दुश्मन र सदाका लागि मित्र कोही हुँदैन’, उनले भने, ‘१० जना थियौं, परिणाम शून्य थियो, जसपासँग सहकार्य गर्दा अब केही न केही त उपलब्धी हुन्छ नि ।’ पर्सामा जसपाका तर्फबाट स्थानीय तह निर्वाचन परिचालनको नेतृत्व गरेका नेता प्रदीप यादवले भने जसपाले जिसस प्रमुख नपाउने स्थिति भएकाले कांग्रेससँग मित्रवत प्रतिस्पर्धा गर्न लागेको बताए । ‘पहिला नेतृत्व गरेको हो र अन्य कुराको पनि व्यवस्थापन गर्नुपर्छ । सभापति दिनुस् भनेर कांग्रेससँग माग ग¥यौं, उहाँहरु दिन तयार हुनुभएन । आत्मसर्पण गर्न सकिएन, मित्रवत प्रतिस्पर्धामा जाऔं, जसले जितेपनि फरक पर्दैन भनेका छौं’ उनले भने । नेता यादवले यो प्रतिस्पर्धाले सत्तारुढ गठबन्धनलाई असर नपर्ने बताए । उनले ३० वैशाखमा भएको स्थानीय निर्वाचनमा कांग्रेसले पनि एमालेसँग तालमेल गरेको बताए । ‘पोखरिया, कालिकामाई लगायत विभिन्न पालिकामा कांग्रेस र एमालेले गठबन्धन गरेकै हो । हामीले त महानगरपालिका बाहेक कहीँ पनि गठबन्धन गरेका छैनौं, मित्रवत प्रतिस्पर्धा गरेका हौं’, उनले भने, ‘यसले गठबन्धनमा कुनै असर पर्दैन ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आज शुक्रबारको राशिफल
  • चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने
  • जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत
  • झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज शुक्रबारको राशिफल

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    सवारी शुल्क ५० देखि पाँच सय रुपैयाँसम्म

    कैदी छुटाइदिने भन्ने अदालतका कम्प्युटर अपरेटर घुस सहित पक्राउ

    आज शुक्रबारको राशिफल

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आज शुक्रबारको राशिफल

    News

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    News

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    News

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    News

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑