सामाजिक सुरक्षा कोषमा आवद्ध हुने समयावधि एक महिना थप
वीरगंज संजाल
१४ कार्तिक २०७६, बिहीबार १४:५२
४१५३
काठमाडौं । ठूलो संख्यामा रोजगारदाता तथा योगदानकर्ता सूचीकरण हुन बाँकी रहेको भन्दै सामाजिक सुरक्षा कोषले बिहीबार सूचीकरण हुनका लागि एक महिनाको समयावधि थप भएको सूचना प्रकाशित गरेको छ ।सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध हुनको लागि थप एक महिना समयावधि थपेको हो ।
यसअधि सरकारले असोज मसान्तभित्र निजी क्षेत्रका सबै उद्योग प्रतिष्ठानहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध हुने मौका दिएको भएता पनि ठूलो संख्यामा रोजगारदाता तथा योगदानकर्ता सूचीकरण हुन बाँकी रहेको भन्दै समय थप गरेको हो । हालसम्म कोषमा सूचीकृत भएका रोजगारदाताको संख्या ८ हजार ८ सय १८ तथा योगदानकर्ताको संख्या १ लाख ९ सय ६८ पुगेको छ । जसबाट ७ करोड ६५ लाख भन्दा बढी योगदान रकम संकलन भएको कोषले जनाएको छ ।