वीरगंज । पाकिस्तानका आन्तरिक मामिला मन्त्री राणा सनाउल्लाहले आइतबार पूर्वप्रधानमन्त्री तथा पीटीआई प्रमुख इमरान खानलाई उनको अन्तरिम जमानत अवधि समाप्त हुनेबित्तिकै पक्राउ गरिने बताएका छन् ।
पीटीआईको दोस्रो लामो मार्च अघि, पेशावर उच्च अदालतले जुन द्द मा इमरान खानको जमानत छण्,ण्ण्ण् रुपैयाँमा तीन हप्ताको लागि बढाएको थियो । आफ्नो गिरफ्तारीको सम्भावना देखेर इमरान खान पेशावर उच्च अदालत पुगेका थिए । राणा सनाउल्लाहले ट्वीटरमा लेखेका छन्, ‘इमरान खानको हिंसा, दंगा, राजद्रोह, सशस्त्र आक्रमणलगायतका दुई दर्जनभन्दा बढी मुद्दामा नाम छन् ।’
उनले लेखेका छन् कि इमरान खानले बनाएको गला निवासको सुरक्षामा खटिएका कर्मचारीले नै खानलाई २५ जुनमा जमानत सकिने बित्तिकै पक्राउ गर्नेछन् । अर्थात् उनी १९ दिनपछि पक्राउ पर्ने उनले दाबी गरेका छन् । पाकिस्तानका गृहमन्त्रीले इमरान खानलाई प्रश्न गर्दै भने, ‘लोकतान्त्रिक समाजमा त्यस्तो व्यक्ति कसरी राजनीतिक दलको प्रमुख हुन सक्छ, जसले जनतालाई उक्साउँछ र जसमा नैतिक र लोकतान्त्रिक मूल्यमान्यताको अलिकति पनि सम्मानको भाव छैन ।’