कति खानेकुरा एकसाथ सेवन गर्नु राम्रो मानिदैन । त्यस्ता विजातिय खानेकुरा सेवन गर्दा पाचन प्रक्रियामा समस्या हुन्छ । दुषित, विषाक्त वा विजातिय खानेकुराको सेवनबाट समस्या पैदा हुन्छ । यस किसिमको खानपानबाट हुने प्रतिक्रियालाई फूड प्वोइजनिङ भनिन्छ । अपाच्य, दुषित, सडेगलेको, बासी, संक्रमित खानेकुराले फूड प्वाइजन हुन्छ । यस्तो अवस्थामा वान्ता हुनु, झाडापखला लाग्नु, पेट दुख्नु, ज्वरो आउनु जस्ता लक्षण देखा पर्छ ।
कुनैपनि खानेकुरा सेवन गर्दा त्यो आपसमा सुपाच्य हुनुपर्छ । साथै राम्ररी नपकाइएको, दुषित खानेकुराले फूड प्वइजन हुन्छ ।
के छ खतरा ?फूड प्वइजनिङको खतरा बच्चा, रोगी, बृद्धबृद्धा, गर्भवतीमा बढी हुन्छ । किनभने उनीहरुमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । गर्भवतीको पाचन प्रणालीमा परिवर्तन हुन्छ, जसले गर्दा फूड प्वाइजनिङको संभावना रहन्छ । साथै बृद्धबृद्धामा पनि यस्तो समस्या देखिन सक्छ ।
लक्षण
फूड प्वाइजनिङ पाचन प्रक्रियासँग सम्बन्धित समस्या हो । त्यसैले यसको असर पेटबाट सुरु हुन्छ । पेटको दुखाई, वान्ता, झाडापखला, कमजोरी, थकान, हल्का ज्वरो, टाउको दुखाई जस्ता लक्षण देखिन्छ ।
कुन अवस्थामा खतरा ?
– तीन दिनभन्दा बढी झाडा पखला लाग्नु ।
– १ सय १ दशमलव ५ फरेनहाइट बढी ज्वरो आउनु ।
– बोल्न र हेर्नमा समस्या हुनु ।
– निर्जलीकरणको लक्षण जस्तो कि, मुख सुख्खा हुनु ।
– पिसाब कम आउनु वा बन्द हुनु ।उल्लेखित समस्या देखिएमा तुरुन्त चिकित्सककहाँ पुग्नुपर्छ । चिकित्सकले लक्षणको आधारमा फूड प्वोइजन हो÷होइन थाहा पाउन सक्छन् । साथै रक्त परीक्षण, पिसाब परीक्षण जस्ता विधी पनि अपनाउन सकिन्छ ।
उपचार के हो ?
सामन्यतः यसको उपचार घरमै गर्न सकिन्छ । कतिपय अवस्थामा तीन वा चार दिनमा पनि ठीक हुन्छ ।
– फूड प्वइजनिङ भएमा निर्जलीकरणबाट बच्नुहोस् । अर्थात पर्याप्त पानी वा झोल पदार्थ सेवन गर्नुहोस् ।
– फलफूलको जुस, नरिवल पानीले तपाईको शरीरमा कार्बोहाइड्रेटको कमी पुरा गर्छ ।
– जति सकिन्छ, आरम गर्नुपर्छ ।
कसरी बच्ने ?
– सफा र सुरक्षित खानेकुरा मात्र सेवन गर्ने ।
– खाना खाने र पकाउने भाँडा बर्तन पनि सफा हुनुपर्छ ।
– धेरै मसलेदार, पचाउन गाह्रो हुने, राम्ररी नपाकेको, बासी, दुषित खानेकुराको सेवन नगरौं ।
– फूटपाथको खानेकुरा सेवन नगरौं ।
– एकसाथ धेरैथरी खानेकुरा मिसाएर सेवन नगरौं । अनलाइनखबर बाट सभार