• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    गाडी बिक्री गर्ने कम्पनीको दोस्रो स्थानमा टाटा मोटर्स

  • वीरगंज संजाल
  • २२ जेष्ठ २०७९, आईतवार १८:४९
  • १९८१

    वीरगंज । भारतीय अटोमोबाइल उत्पादन कम्पनी टाटा मोटर्सले सन् २०२२ को मेमा भारतमा मात्रै कुल ४३ हजार तीन सय ४१ वटा गाडी बिक्री गरेको छ। योसँगै भारतमा सर्वाधिक गाडी बिक्री गर्ने कम्पनीमध्ये गत महिना टाटा मोटर्स दोश्रो स्थानमा परेको छ । कुल बिक्री भएको गाडीहरूमध्ये कम्पनीले विद्युतीय नेक्सन र टिगोर गरी ३ हजार ४५४ वटा विद्युतीय गाडी बिक्री गरेको थियो । यसभन्दा अघि भारतीय बजारमा टाटा मोटर्सको तुलनामा दक्षिण कोरियाली कम्पनी हुन्डाई मोटरले बढी गाडी बिक्री गरेकको थियो। तर सन् २०२२ को मेमा हुन्डाई मोटर्सले भारतमा जम्मा ४२ हजार दुई सय ९३ वटा गाडी बिक्री गरेको थियो । यो भनेको टाटा मोटर्सको तुलनामा एक हजार ४८ वटा गाडी कम हो। त्यसैले, सर्वाधिक गाडी बिक्री गर्ने कम्पनीमध्ये हुन्डाईको स्थान घटेर तेश्रो स्थानमा पुगेको छ ।

    गत महिना मर्मत सम्भारका लागि हुन्डाईको उत्पादन क्षेत्र ६ दिनको लागि बन्द गरिएको थियो। त्यसकारण पनि कम्पनीको बिक्रीमा असर देखिएको हुन्डाईले बताउँदै छ। तर सन् २०२१ को मेको तुलनामा यस पटक कम्पनीले १७ हजार २९२ वटा बढी गाडी बिक्री गरेको हो । सन् २०२१ को मेमा कम्पनीले जम्मा २५ हजार १ वटा गाडी बिक्री गरेको थियो । विगत ६ महिनामा यो दोस्रो पटक हो, कि हुन्डाईको बिक्रीदर हिसाबले कम्पनी तेस्रो स्थानमा पर्न गयो । यसभन्दा अघि कम्पनी सन् २०२१ को डिसेम्बरमा तेस्रो स्थानमा झरेको थियो । जहाँ भारतीय बजारमा हुन्डाईको प्रदर्शनी खस्कदैछ, टाटा मोटर्स भने आफूलाई कडा प्रतिस्पर्धी बनाउँदैछ । सन् २०२२ को अप्रिलमा मात्रै कम्पनीले भारतीय र बाह्य बजारमा गरी ७४ हजार ७५५ वटा गाडी बिक्री गरेको छ। सन् २०२१ को मेमा यो संख्या जम्मा २४ हजार ५५२ थियो ।

    टाटा मोटर्सपछि भारतीय बजारमा सर्वाधिक बिक्री गर्ने कम्पनीमा महिन्द्रा एन्ड महिन्द्रा रहेको छ । सन् २०२२ को मेमा सबैभन्दा धेरै गाडी बिक्री गर्ने मध्ये महिन्द्रा एन्ड महिन्द्रा चौथो स्थानमा रहेको छ। कम्पनीले सन् २०२२को मेमा २६ हजार ९०४ वटा गाडी बिक्री गरेको हो । महिन्द्रा एन्ड महिन्द्राको एक्सयुभी ७०० र थारको माग राम्रो रहेको कम्पनीको भनाइ छ । किया इन्डियाले यस पटक आफ्नो बिक्रीदर ६९ प्रतिशतले बढाएर कुल १८ हजार ७१८ वटा गाडी बिक्री गरेको छ। यसपछि टोयोटाले सन् २०२२ को मेमा मात्रै १० हजार २१६ वटा गाडी बिक्री गरेको छ । सन् २०२१ को मेमा कम्पनीले जम्मा ७०७ वटा गाडी बिक्री गरेको थियो । भारतमा सबैभन्दा धेरै गाडी बिक्री गर्ने कम्पनी भने मारुती सुजुकी इन्डिया हो। कम्पनीले सन् २०२२ को मेमा मात्रै आन्तरिक अर्थात् भारतीय बजार र बाह्य बजारमा गरी कुल एक लाख ६१ हजार ४१३ वटा गाडी बिक्री गरेको छ । सन् २०२१ को मेमा भने कम्पनीले ४६ हजार ५५५ वटा गाडी बिक्री गरेको थियो। भारतीय बजारमा मात्रै कम्पनीले सन् २०२२ मेमा एक लाख ३४ हजार २२२ वटा गाडी बिक्री गरेको हो । सन् २०२१ को मेमा भने कम्पनीले जम्मा ३५ हजार २९३ वटा गाडी बिक्री गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन
  • मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते
  • राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    News

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    News

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑