निजगढ । बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउने सर्वोच्चको निर्णयबिरुद्ध काठमाडौंमा प्रदर्शन गरिएको छ। उनीहरुले विमानस्थलको निर्माण प्रक्रिया अगाडि बढाउनुपर्ने माग अघि सारेर प्रदर्शन गरेका हुन् ।
विमानस्थल बनाउँदा देशलाई कुनै हानी नहुने भन्दै उनीहरुले नाराबाजी समेत गरे। उनीहरुले कार्यपालिकाको कामप्रति हस्तक्षेप बन्द गर्न माग गर्दै सर्वोच्चको दुर्भाग्यपूर्ण फैसला पुनर्विचार गर्न माग राखेका छन् ।
विमानस्थल निर्माण पक्रियामा थुप्रै खर्च भइसकेको भन्दै जसरी पनि अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्ने र २४ लाख रुट काट्ने भ्रम फैलाइएको उनीहरुले बताए । सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रक्रिया स्थगित गर्न र अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प चाहिए अर्को खोज्न आदेश दिएको थियो।