बिरगंज । निजी विद्यालयका दुुई संगठन प्याब्सन र एन–प्याब्सन पर्साले टिसी र सिसी बिना कुनै पनि विद्यार्थीको भर्ना नलिन आह्वान गरेका छन् ।
टिसी अर्थात स्थानान्तरण प्रमाण पत्र र सिसी अर्थात चारित्रिक प्रमाण पत्र बिना विद्यालयहरुले विद्यार्थीको भर्ना गर्ने विगत र अहिलेको पनि निजी विद्यालयहरुको मुख्य समस्या भएको दुुवै संगठनको ठहर छ ।
टिसी र सिसी बिना जथाभावी भर्ना लिने बेथिति रहेको र हाल अझै बढ्दै गएकाले दुवै संगठनले बैठक बसेर टिसी र सिसी बिना कुनै पनि विद्यार्थीको भर्ना नलिने निर्णय गरेको विज्ञप्ति मार्फत जनाईएको छ ।
\
प्याब्सन पर्साका अध्यक्ष पुरण प्रधान र एन–प्याब्सन पर्साका अध्यक्ष राम कुमार श्रेष्टद्वारा संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तिमा टिसी र सिसी बिना कुनै पनि विद्यालयले कुनै पनि विद्यार्थीको भर्ना नलिन अनुरोध गरिएको छ ।