बिरगंज । सरकारले प्रस्तुत गरेको बजेटमा स्यानिटरी प्याडमा ९० प्रतिशतसम्म भन्सार महशुल छुट गर्ने निर्णयको स्वागत गर्दै जिल्ला बाल क्लब समन्वय सञ्जाल पर्साले दीप प्रज्वलन गरेको छ ।
वीरगञ्जको घण्टाघरमा स्यानिटरी प्याडमा ९० प्रतिशतसम्म भन्सार महशुल छुट गर्ने र एक स्थानीय तहमा एक खेल मैदानको कार्यलाई निरन्तरता दिने योजनाको खुशीमा दीप प्रज्वलन गरिएको सञ्जालका अधयक्ष अर्जुन शाहले जानकारी दिए ।
जिल्ला बाल क्लब समन्वय सञ्जाल पर्साको सह सचिव कमल साहको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै महिला अधिकारकर्मी डा सुष्मा तिवारीले सरकारले गरेको स्यानिटरी प्याडमा ९० प्रतिशतसम्म भन्सार महशुल छुट एकदम सह्रानीय रहेको बताइन् ।
भरसक निःशूल्क गर्नुपर्नेमा अहिलेलाई गरेको छुटले पनि किशोरी एवम् महिलाहरुलाई धेरै राहत हुने डा. तिवारीको विश्वास छ ।
कार्यक्रममा सपना शाह, विशेष साह, सञ्जालकी सचिव नितु यादव, कोषाध्यक्ष सन्दिप साह, सदस्यहरु कृष कुर्मी, सन्दिप गुप्ता, विशाल पटेल, हरियौम यादव, कोमल गुप्ता लगायतको उपस्थिति रहेको थियो ।