गर्मी भन्नासाथ पसिना, दुर्गन्ध, डिहाइड्रेसन, बेचैनी, आलस्यता तथा उर्जाको कमी भएजस्तो लाग्नथाल्छ । यद्यपि, हामीले केही सावधानीहरु अपनायौं भने गर्मी मौसममा पनि हामी फिट रहन सक्छौं, फुर्तिलो रहन सक्छौं, आलस्यतालाई हटाउन सक्छौं । गर्मी मौसममा खानपिनको तालमेल मिनाउन सकियो भने मौसमअनुसारको डाइटका साथै आफ्नो फिटनेस दिनचर्यालाई सन्तुलित राखियो भने हामी स्वस्थ र निरोगी रहनसक्छौं ।
गर्मीमा स्वस्थ्य रहन के गर्ने ?
घरबाट बाहिर निस्किनु अघि चिसो पानी खानु राम्रो हुन्छ । यसले शरीरलाई चिसोको अनुभूति दिइरहन्छ र ज्यान फुर्तिलो भइराख्छ । कडा घामबाट शरीरलाई बचाउनुपर्छ ।
गर्मीको समयमा स्वस्थ रहन सूर्योदय भन्दा पहिले घुम्न निस्किनुपर्छ । बिहानको हावाले फाइदा पुग्छ ।
पसिना सुकेपछि मात्र पानी पिउनुपर्छ ।
दिनमा एक वा दुई पटक कागती, चिनी, पानी अथवा ग्लुकोज खानुपर्छ ।
धेरै समयसम्म भोकै बस्न उचित हुँदैन । पानी भएको फलफूल खानुपर्छ ।
गर्मीको समयमा धेरै चिल्लो र पिरो खानु हुँदैन ।