बिरगंज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ को नयाँ टोलमा शनिबार निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
वीरगञ्जका लायन्स क्लब परिवारको संयुक्त आयोजनामा शिविर सम्पन्न भएको हो ।
शिविरमा मधुमेह तथा स्त्री रोगका सम्बन्धमा स्थानीयको निशुल्क चेकजाँच गरिएको आयोजकले जानकारी दिएको छ ।
शिविरमा २ सय १९ जना स्थानीयको स्वास्थ्य जाँच गर्नुका साथै आवश्यकता अनुसार निशुल्क औषधीसमेत वितरण गरिएको स्त्री रोग विशेषज्ञ डा.दिप्ती यादवले जानकारी दिनु भयो ।
शिविरमा स्त्री रोग विशेषज्ञ डा.दिप्ती यादवका साथै डा.उदयनारायण सिंह, डा.आरके सिंह, डा.जिनत, डा.नुर देवान, बिरामीहरुको स्वास्थ्य जाँच गरेका थिए ।
स्वास्थ्य चेतनामा कमी हुँदा अधिकांसमा रिंगटा लाग्ने, ज्यान दुख्ने जस्ता समस्या देखिएको चिकित्सकहरु बताउँछन् । प्रसस्त पानी पिउन र खानपानमा ध्यान दिन सके धेरै रोगबाट बच्न सकिने डा.उदय नारायण सिंह बताउँछन् ।