काठमाडौं । सरकारले मिर्गौला प्रत्यारोपण गरेका क्यान्सर, मेरुदण्ड पक्षघातको समस्या भएका रोगीहरूलाई मासिक पाँच हजार रुपैयाँ भत्ता दिने भएको छ । त्यसका लागि आउँदो आर्थिक वर्षमा एक अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको छ ।
आइतबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आउँदो आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो कुराको जानकारी दिए ।