काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले एक अर्ब ७७ करोड रुपैयाँ बजेट प्राप्त गरेको छ ।
आइतबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आउँदो आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालयका लागि आउँदो वर्ष उक्त रकम विनियोजन गरिएको जानकारी दिए ।