काठमाडौं । सरकारले खेलकुद मन्त्रालयलाई दुई अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
आइतबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/८० को आय–व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले खेलकुदका लागि दुई अर्ब ४६ करोड विनियोजन गरिएको बताए ।