काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ६९ अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
स्वास्थ्य क्षेत्रमा प्रदेशका लागि ६ अर्ब ३६ करोड र र स्थानीय तहमा २७ अर्ब ४४ करोड रुपैयाँ हस्तानान्तरण गरेको छ ।
आइतबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आउँदो आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो जानकारी दिएका हुन् ।