काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ७ अर्ब बजेट विनियोजन गरेको छ ।
संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/८० को आय–व्ययको वार्षिक अनुमान (बजेट) सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले यो कार्यक्रमका लागि ७ अर्ब बजेट विनियोजन गरेको बताए ।