काठमाडौं । सरकारले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवन निर्माण गर्न दुई अर्ब २० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
आइतबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आउँदो आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो बजेट विनियोजन गरिएको बताए ।