काठमाडौं । सरकारले कृषि कर्जाको लागि ५ खर्बको लघुवित्त कोष स्थापना गर्ने घोषणा गरेको छ ।
कोषमा बैंक तथा वित्तीय संस्थाले विपन्न वर्ग र कृषिमा लगानी गर्नुपर्ने रकम कोषमा लगानी गर्नुपर्ने सरकारले घोषणा गरेकाे छ । संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०७९/८० को आय र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त कोषमा नागरिक लगानी काेष, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोषबाट समेत रकम लगानी गर्ने गरिने र यसबाट कृषि उत्पादनका लागि लगानी वित्तीय पहुँच अभिवृद्धिमा योगदान पुग्ने अपेक्षा लिएकाे बताए ।
यस्तै, ग्रामीण विकास लघुवित्तको पुनःसंरचना गरी पूँजी संरचना र संस्थागत क्षमताअभिवृद्धि गरी उक्त संस्थामा गाउँपालिका र नगरपालिकाले ५० लाख र १ करोडसम्म सेयर लगानी गर्न सक्ने बताइएकाे छ ।