काठमाडौं । सरकारले किसान पेन्सन योजना सुरुवात गर्न किसान हित कोषको स्थापना गर्ने भएको छ ।
आइतबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त कोषमा किसानले हरेक महिना जम्मा गर्ने रकमको १० प्रतिशत रकम सरकारले जम्मा गर्ने बताए ।
किसान हुनुमा आत्मसम्मान गर्न उक्त कोष स्थापना गर्ने उनले बताए । सुरुवातमा बीउपुँजीबापत एक अर्ब रुपैयाँ छुट्ट्याइएको मन्त्री शर्माले बताए ।