काठमाडौं । सरकारले आउँदो आर्थिक वर्ष प्रदेश र स्थानीय तहले विभिन्न शीर्षकमा पाउने बजेट बढाएको छ ।
आइतबार संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/८० को आय–व्ययको वार्षिक अनुमान (बजेट) सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले प्रदेशलाई ६१ अर्ब ४३ करोड र स्थानीय तहलाई एक खर्ब २३ करोड वित्तीय हस्तान्तरण गरिने बताए ।