• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पालिकाको नेतृत्व सम्हालेसँगै अध्यक्ष तिमल्सिनाले गरे टेन्डर खारेज

  • वीरगंज संजाल
  • ८ जेष्ठ २०७९, आईतवार १८:२१
  • ३१२५

    गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष दिपक तिमल्सिनाले गाउँपालिका भवन निर्माणसम्बन्धी टेन्डर खारेज गरेका छन् । अध्यक्षको रुपमा पदभार ग्रहण गरेसँगै पहिलो निर्णय गर्दै उनले गाउँपालिकाको अघिल्लो नेतृत्वले भवन निर्माणका लागि अघि बढाएको टेण्डर प्रक्रिया खारेज गरेका हुन् । पालिकावासीले गाउँपालिकाको केन्द्र अपायक भएको गुनासो गरेपछि तत्काल निर्माण प्रक्रिया रोक्न टेण्डर खारेज गर्ने निर्णयमा हस्ताक्षर गरेको तिमल्सिनाले रातोपाटीलाई जानकारी दिए । विगतमा पालिका केन्द्र तोक्ने विषयमा पालिका कार्यपालिकामा सहमति नभएपछि तत्कालीन अध्यक्ष होम बहादुर रानाले एकल निर्णय गर्दै भुम्लीचोकस्थित ओखलडाँडामा अस्थायी केन्द्र कायम गरेर भवन निर्माणका लागि टेन्डर आह्वान गरेका थिए ।

    सो विषयलाई लिएर गाउँसभामा विवाद हुँदै आएको थियो । त्यतिबेला माओवादी केन्द्रबाट निर्वाचित गाउँ कार्यपालिका सदस्यले वडा नम्बर ६ को बन्टार भन्ने ठाउँमा केन्द्र रहनुपर्ने आवाज उठाउँदै आएका थिए । यस्तै नेपाली काँग्रेसबाट निर्वाचित कार्यपालिका सदस्यले भने हाल रहेकै स्थानमा केन्द्र राख्न जोड गर्दै आएका छन् । यही विवादका कारण निर्वाचन भएको ६ महिनाभित्र तोक्नु पर्ने केन्द्र हाल सम्म लम्बिँदै आएको छ। हालै सम्पन्न निर्वाचनमा माओवादीबाट पालिका अध्यक्षमा तिमल्सिना निर्वाचित भएसँगै फेरि केन्द्र तोक्ने र पालिका भवन बनाउने कुरा सतहमा आएको हो ।

    पालिका भवनको टेण्डर खारेज गरेको विषयमा अध्यक्ष तिमल्सिनाले भने, ‘ पहिलो कुरा पालिका केन्द्र तोक्ने कुरामा अघिल्लो नेतृत्व चुक्दा यो समस्या सिर्जना भएको हो । हाम्रो पार्टीले त्यतिबेलै जनतालाई पायक पर्ने र सुगम हुने हिसाबले केन्द्र तोक्न पटक पटक अनुरोध गर्दापनि नेतृत्वले नसुनेपछि यो समस्या आजसम्म आइपुगेको हो । निर्वाचनको क्रममा पालिकाभरी घुम्ने क्रममा मतदाताले प्रमुख मुद्दा पालिका केन्द्रलाई बनाएको र मत परिणाम पनि त्यही भावनामा आएकाले पालिकाबासीको भवनालाई सम्बोधन गर्न तत्कालका लागि टेण्डर खारेज गरिएको हो ।’ अब छिट्टै नै कार्यपालिकाको बैठक बसेर जनभावना अनुसार प्रशासनिक सुगमता रहने गरी पालिकाको केन्द्र तोकेर गाउँसभाबाट पारित गरिने उनले बताए । त्यसपछि नयाँ टेन्डर आह्वान हुने उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी
  • सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ
  • लागूऔषधसहित युवक रौतहटमा पक्राउ
  • बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

    नबिल बैंकको सहयोगमा त्रिजुद्ध प्राविधिक विद्यालयलाई १० थान पंखा

    ‘सर्वसुलभ तरिकाले खानेपानी सबै माझ पुर्‍याउँछाैं’

    मधेस सरकारको बजेटमाथि जनमत असन्तुष्ट, सरकारको नेतृत्व छाड्न सक्ने !

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    News

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    News

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    News

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    News

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑