• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सेयर बजारमा थपियो १३ कम्पनीको सेयर, कुनको कति कित्ता ?

  • वीरगंज संजाल
  • ६ जेष्ठ २०७९, शुक्रबार १३:४४
  • २२०५

    नेपाल धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा वैशाख महिनामा १३ वटा कम्पनीकाे सेयर सूचिकृत भएकाे छ । वैशाख महिनामा नेप्सेमा सूचिकृत भएका सेयर विवरण यस प्रकारकाे छ :

    १. सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड सूर्याेदय लघुवित्त वित्तीय संस्था लिमिटेड र वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा १:१ काे अनुपातमा गाभिँदा कायम हुन आएकाे प्रति शेयर अंकित तथा चुक्ता मूल्य एक सय रूपैयाँ दरकाे ७९ लाख १९ हजार ८ सय ४८ कित्ता सेयर धिताेपत्र सूचिकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचिकृत भएकाे हाे ।

    २. मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेड फाइनान्सको १३ प्रतिशत बोनस बापतको ५ लाख २० हजार कित्ता सेयर सूचिकृत भएको हो । फाइनान्सकाे गत पाैष ३० गते सम्पन्न भएकाे चाैबीसाैँ वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.५२६ प्रतिशत नगद गरी कुल १३.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे थियाे ।

    ३. एभरेष्ट बैंक लिमिटेडकाे ऋणपत्र सूचिकृत भएकाे छ । बैंककाे ८ लाख ५६ हजार ७ सय ८३ कित्ता ऋणपत्र सूचिकृत भएकाे हाे । एभरेष्ट बैंक लिमिटेडले माघ ३ गतेबाट माघ १७ गतेसम्म ८ वर्ष अवधिको ८.५ प्रतिशत व्याजदर भएको ‘एभरेष्ट बैंक डिबेञ्चर २०८६’ नाममा प्रतिकित्ता २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गरेकाे थियाे । कुल २० लाख कित्ता ऋणपत्रमध्ये बैंकले व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १२ लाख कित्ता र सर्वसाधारणका लागि ८ लाख कित्ता बिक्री गरेकाे थियाे । सर्वसाधारणको लागि छुट्याईएकोमध्ये ५ प्रतिशत अर्थात् ४० हजार कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियाे । साेही ऋणपत्र नेप्सेमा सूचिकृत भएको हो ।

    ४. महुली लघुवित्त वित्तीय संस्था लिमिटेड संस्थाको २६ प्रतिशत बोनस बापतको ५ लाख ८२ हजार २ सय ५४ दशमलव ४० कित्ता सेयर सूचिकृत भएको हो । संस्थाको गत पौष २४ गते सम्पन्न भएको वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई चुक्ता पूँजीको २६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

    ५. समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २० प्रतिशत बोनस बापतको ५ लाख ७१ हजार २ सय ४० दशमलव ३२ कित्ता सेयर सूचिकृत भएको हो । संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे थियाे ।

    ६. हिमालयन जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेड कम्पनीकाे ६.६५ प्रतिशत बाेनस बापतकाे ७ लाख ३१ हजार ७ सय २४ कित्ता सेयर सूचिकृत भएकाे हाे । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीको शेयरधनीहरूलाई चुक्ता पुँजीको ६.६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद गरी कूल ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे ।

    ७. लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड कम्पनीको २० प्रतिशत बोनस बापतको ४४ लाख २२ हजार कित्ता सेयर सूचिकृत भएको हो । कम्पनीकाे फागुन ११ गते, बुधबार सम्पन्न भएकाे वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांश (कर प्रयोजन) वितरण गर्ने प्रस्ताव पारित गरेकाे थियाे ।

    ८. छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेड कम्पनीकाे ३० प्रतिशत हकप्रद बापतकाे ८ लाख ९३ हजार २५ कित्ता हकप्रद सेयर सूचिकृत भएकाे हाे । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले माघ ११ गतेबाट फागुन २ गते, साेमबारसम्म १० बराबर ३ अनुपातमा १०० रुपैयाँ अंकित दरमा कुल ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । साेही हकप्रद नेप्सेमा सूचिकृत भएकाे हाे ।

    ९. कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको १३ प्रतिशत बोनस बापतको ३ लाख ५९ हजार ९ सय ४५ दशमलव १६३५ कित्ता सेयर सूचिकृत भएको हो । संस्थाको मंसिर ८ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको थियाे ।

    १०. मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड संस्था​काे १७ प्रतिशत बोनस बापतको २ लाख ५ हजार ९ सय ५५ कित्ता सेयर सूचिकृत भएको हो । संस्थाकाे पाैष १९ गते, साेमबार सम्पन्न भएकाे चाैँथाे वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १७ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेकाे थियाे ।

    ११. छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड संस्थाकाे २७ प्रतिशत बोनस बापतको ४९ लाख ४१ हजार कित्ता सेयर सूचिकृत भएको हो । संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २७ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ३ प्रतिशत नगद गरी कुल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे थियाे ।

    १२.श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेड फाइनान्सकाे ७.७० प्रतिशत बाेनस बापतकाे ६ लाख ८५ हजार ४ सय १ कित्ता सेयर सूचिकृत भएकाे हाे । फाइनान्सले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट फाइनान्सका शेयरधनीहरूलाई चुक्ता पूँजीको ७.७० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ३.३० प्रतिशत नगद गरी कुल ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे थियाे ।

    १३. ग्रीन भेन्चर्स कम्पनी लिमिटेड कम्पनीकाे ३ कराेड १२ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) सूचिकृत भएकाे हाे । कम्पनीले काराेबारका लागि GVL सिम्बाेल पाएकाे छ । कम्पनीले चैत्र ८ गते, मंगलबारदेखि चैत्र ११ गते, शुक्रबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेको थियाे । जसमध्ये जारी पूँजीको ३ प्रतिशत अर्थात ९३ हजार ७ सय ५० कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख ५६ हजार २ सय ५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र २८ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो । मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको थियो । कुल २१ लाख ११ हजार ६४९ जनाले आवेदन दिएकामा ५ हजार १३३ जनाको आवेदन रद्द भएको थियो । रितपूर्वक आवेदन दिएका २१ लाख ६ हजार ५१६ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको हो । गोलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी २ लाख ८७ हजार ५०० जनाले समान १० कित्ता सेयर प्राप्त गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • असार १५ मा १ अर्ब ४० करोड रुपैयाँ बराबरको दहीको कारोबार हुने अपेक्षा
  • रौतहटका पाँच पालिकाले ल्याउन सकेनन् बजेट
  • दश लाख रुपियाँ सहित एक जना पक्राउ
  • युवकको हत्या
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    असार १५ मा १ अर्ब ४० करोड रुपैयाँ बराबरको दहीको कारोबार हुने अपेक्षा

    रौतहटका पाँच पालिकाले ल्याउन सकेनन् बजेट

    दश लाख रुपियाँ सहित एक जना पक्राउ

    युवकको हत्या

    गहवामाईको रथयात्रा भव्य रूपमा सम्पन्न

    भारतको छत्तीसगढमा सुरक्षाकर्मी र नक्सलीबिच भिडन्त, दुई जनाको मृत्यु

    बिमा रकमबाट जीवन सहज

    स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण

    मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु

    असुरक्षित बन्दै सप्तरी, रोकिएन शृङ्खलाबद्ध हत्या

    असार १५ मा १ अर्ब ४० करोड रुपैयाँ बराबरको दहीको कारोबार हुने अपेक्षा

    रौतहटका पाँच पालिकाले ल्याउन सकेनन् बजेट

    दश लाख रुपियाँ सहित एक जना पक्राउ

    युवकको हत्या

    गहवामाईको रथयात्रा भव्य रूपमा सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    असार १५ मा १ अर्ब ४० करोड रुपैयाँ बराबरको दहीको कारोबार हुने अपेक्षा

    News

    रौतहटका पाँच पालिकाले ल्याउन सकेनन् बजेट

    News

    दश लाख रुपियाँ सहित एक जना पक्राउ

    News

    युवकको हत्या

    News

    गहवामाईको रथयात्रा भव्य रूपमा सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑