• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    उम्मेदवार हार्ने संकेत देखेपछि जालिम मियाँले रचेको षडयन्त्र विफल

  • वीरगंज संजाल
  • ४ जेष्ठ २०७९, बुधबार १५:५८
  • १०७७७

    वीरगञ्ज । पञ्चायत कालदेखिनै विभिन्न तरिकाले राजनीतिक पद अगोटदै आएको पर्साको मियाँ परिवारले स्थानीय तह निर्वाचनमा आफ्नो उम्मेदवार हार्ने संकेत देखेपछि मतगणना स्थगित गर्न गरेको षडयन्त्र असफल भएको छ । जगरनाथपुर गाउँपालिकाको मतपेटिकामा निर्वाचन अधिकृतले हस्ताक्षर नगरेको मतपत्र भेटिएको भन्दै मियाँ परिवारले मंगलबार दिउँसोदेखि स्थगित गरेको मतगणना बुधबार दिउँसोबाट पुन: सुरु भएको छ । आफ्नो उम्मेदवार हार्ने संकेत देखेपछि मियाँ परिवारले गाउँपालिकाको मतगणना स्थगित गर्ने गरेको षडयन्त्रमाथि निर्वाचन आयोगले पानी खन्याई दिएको हो ।

    मियाँ परिवारका प्रमुख एवम् जगरनाथपुर गाउँपालिकाका निवर्तमान अध्यक्ष जालिम मियाँले आज वीरगञ्जमा पत्रकार सम्मेलन गर्दै नेकपा एमालेले जागरनाथपुर गाउँपालिकाको मतगणना बहिष्कार गर्ने जनाएका थिए । मतगणनामा धाँधली भएको बताउँदै उनले पत्रकार सम्मेलन गरेर सुरुदेखि मतगणना गराउनु पर्ने माग राखेका थिए । तर उनको मागलाई वेवास्ता गर्दै निर्वाचन आयोगले मतगणना सुरु गर्न निर्देशन दिएको छ । अघिल्लो निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट जगरनाथपुरको अध्यक्ष जितेका मियाँले यस पटक आफ्नो भाई महमद सलिम मन्सुरलाई नेकपा एमालेबाट उम्मेदवार बनाएका छन् । मियाँ आफ्नो पूरा परिवारसहित केहि महिना अगाडि माओवादी त्याग्दै एमाले प्रवेश गरेका थिए ।

    तर, निर्वाचनमा मतपरिणाम आफ्नो पक्षमा आउने संकेत नदेखेपछि मियाँ परिवारले मतगणना बहिष्कार गर्ने षडयन्त्र गरेको नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्ष उम्मेदवार श्रीकान्त यादवले आरोप लगाएका छन् । मतगणनाको परिणाम हेर्दा पनि मियाँका भाई मन्सुर जित्ने संकेत देखिंदैन । गाउँपालिकाको वडा नम्बर १ र २ मा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भइसकेका छन् । पाँच वडा रहेको गाउँपालिकाको वडा नम्बर ३ मा पनि कांग्रेसले अग्रात लिरहेको छ । वडा नम्बर ३ मा मियाँको गृहगाउँ पर्छ । त्यहाँ ११ सय वटा मत गणना गर्दा उनका भाई ३ सय मतले पछाडि रहेका छन् ।

    दुई वडामा पछाडि परेपनि वडा नम्बर ३ आफ्नो गृहवडा भएकोले कांग्रेस र जसपालाई पछी पर्ने मियाँको सोच थियो । तर, वडामा आधाभन्दा बढी मत गणना हुँदासमेत पनि कांग्रेसका उम्मेदवारले अनपेक्षित मतले लिड गरेपछि उनले निर्वाचनमा धाँधली भएको आरोप लगाएको कांग्रेसका उम्मेदवार यादवको भनाई छ । अर्को तिर आफ्नै वडामा पछि परेपछि यसपछिका वडामा मियाँका भाईले लिड गर्न सक्ने सम्भावना अत्यन्तै न्युन देखिएको छ । यसपछिका वडा नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजाल र जिल्ला सभापति जनार्दन सिंह क्षेत्रका गाउँ पर्ने भएकाले पनि एमालेले हार्ने लगभग पक्कापक्की छ ।

    जसपाबाट अध्यक्षका उम्मेदवार कृष्णमोहन यादवको वडामा पनि कांग्रेसले जितेको छ । कृष्णमोहनको वडा नम्बर २ मा कांग्रेसका नेपाली कुशवाहा विजयी भएका हुन् । आफ्नो गृहवडामा हार व्यहोरेपछि जसपाले पनि मियाँलाई मतगणना वारिष्कार गर्नमा साथ दिएका थिए । हालसम्मको गणनामा कांग्रेसका श्रीकान्त यादवले १ हजार ८ सय २५ मत, जसपाका कृष्णमोहन यादवले १ हजार ७ सय २५ मत र एमालेका मन्सुरले १ हजार ३ सय ३५ मत प्राप्त गरेका छन् । गाउँपालिकाका निर्वाचन अधिकृत चिन्तामणी शर्माले यसअघि रोकिएको मतगणना निर्वाचन आयोगको निर्देशनअनुसार पुनः सुचारु भइसकेको जनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • 🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल
  • वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद
  • इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी
  • १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    News

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    News

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    News

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    News

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑