सिके राउतले नेतृत्व गरेको जनमत पार्टीले सप्तरीको हनुमाननगर कङ्कालिनीको मेयर जितेको छ। जनमत पार्टीका वीरेन्द्र माझीले जनता समाजवादी पार्टी (जसपा) का शैलेशकुमार साहलाई १६१ भोटले पराजित गरेका हुन्। माझी ६ हजार ४०७ मत प्राप्त गरेर मेयरमा निर्वाचित भएका हुन्। साहले ६ हजार २४६ मत पाए।
त्यस्तै, नेकपा (माओवादी केन्द्र) का राहुलकुमार मण्डलले तीन हजार ८७३, नेपाली कांग्रेसका उमेशकुमार मिश्र एक हजार ५९२ र नेकपा (एमाले) का शरिफ रहमानले एक हजार ७९ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।