• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भारतीय प्रधानमन्त्री मोदी आज लुम्बिनी आउँदै, यस्तो छ ६ घण्टे भ्रमण कार्यतालिका

  • वीरगंज संजाल
  • २ जेष्ठ २०७९, सोमबार १३:१९
  • २४६१

    वीरगंज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज लुम्बिनी भ्रमणमा आउँदै छन् । भारतीय सरकार प्रमुखको हैसियतमा उनी पाचौँपटक नेपाल आउन लागेका हुन् । तर यसपालि भने उनको भ्रमण जम्मा ६ घण्टाको हुनेछ । भगवान् गौतम बुद्धको जन्मयन्ती तथा लुम्बिनी दिवसका अवसरमा आज लुम्बिनीमा हुने विशेष समारोहमा सहभागी हुन मोदी नेपाल आउन लागेका हुन् । उनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त समारोहका लागि निमन्त्रणा गरेका थिए । परराष्ट्र मन्त्रालयका अनुसार आज बिहान करिब ११ बजेतिर भारतीय वायु सेनाको विशेष हेलिकप्टरमार्फत मोदी लुम्बिनीमा अवतरण गर्नेछन् । त्यसपछि सीधै मायादेवीको मन्दिर दर्शनमा जाने कार्यक्रम रहेको छ ।

    कार्यतालिका अनुसार मायादेवी मन्दिरमा प्रधानमन्त्री देउवा र मोदीले संयुक्त प्रार्थना गर्नेछन् । साथै लुम्बिनीको विहार क्षेत्रमा बौद्ध संस्कृति तथा सम्पदा केन्द्रको शिलान्यास गर्ने र विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ । लुम्बिनी अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र र सभा हलमा बुद्ध जयन्ती मनाउने तयारी गरिएको छ । ती सबै काम सकेर मोदी पवन इन्टरनेसनल होटल आराम गर्ने जनाइएको छ । सोही होटलमा परराष्ट्रमन्त्री डा। नारायण खड्काले मोदीसँग शिष्टाचार भेटवार्ता गर्ने तथा प्रधानमन्त्री देउवाले समेत विशेष भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । लुम्बिनीमा रहँदा दुवै प्रधानमन्त्रीले नेपाल–भारत सहयोग र आपसी हितका विषयमा द्विपक्षीय वार्ता गर्ने छन् । नेपालका प्रधानमन्त्रीले भारतका प्रधानमन्त्री र भ्रमणमा रहेका प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना समेत गर्नेछन् ।

    दुवै प्रधानमन्त्रीको भेटवार्ता लगत्तै दुई देशीय द्विपक्षीय उच्चस्तरीय कूटनीतिक अधिकारीहरुको बैठक पनि सोही होटलमा सुरु हुने जनाइएको छ । सो क्रममा विभिन्न ५ वटा सम्झौतामा हस्ताक्षर समेत गरिने कार्यतालिका रहेको छ । प्रधानमन्त्रीद्वय मोदी र देउवाको उपस्थितिमा भारतीय शैक्षिक एवं सांस्कृतिक प्रतिष्ठानले लुम्बिनी बौद्ध विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित एक-एकवटा तथा काठमाडौँ विश्वविद्यालयसँग तीनवटा गरी ५ वटा समझदारीपत्रमा हस्ताक्षर हुने बताइएको छ । यसरी लुम्बिनीमा करिब ६ घण्टा बिताएर सोमबार नै बेलुकी ५ बजे प्रधानमन्त्री मोदी स्वदेश फर्कने कार्यक्रम रहेको छ । भारतका प्रधानमन्त्रीको आगामी भ्रमणले दुई देशबीचको सदियौंदेखिको सामाजिक–सांस्कृतिक बन्धनलाई थप प्रगाढ बनाउन सहयोग पुग्ने आपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी
  • पर्सा जिल्ला अदालतद्वारा कानुन दिवस २०८२ भव्य रूपमा मनाइयो
  • आज शुक्रबारको राशिफल
  • चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी

    पर्सा जिल्ला अदालतद्वारा कानुन दिवस २०८२ भव्य रूपमा मनाइयो

    आज शुक्रबारको राशिफल

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी

    पर्सा जिल्ला अदालतद्वारा कानुन दिवस २०८२ भव्य रूपमा मनाइयो

    आज शुक्रबारको राशिफल

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी

    News

    पर्सा जिल्ला अदालतद्वारा कानुन दिवस २०८२ भव्य रूपमा मनाइयो

    News

    आज शुक्रबारको राशिफल

    News

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    News

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑