वीरगञ्ज २ जेठ । वीरगञ्ज महानगरपालिकाको मतगणनाका लागि थप दुई वटा वडाको मत पेटिका खोलिएको छ । मतगणनाको गति कम भएको भन्दै महानगरको मतगणना गर्न मतगणना स्थलमा दुई वटा कोठा थपेर वडा नम्बर ३ र ३० को पनि मत पेटिका खोलिएको हो ।
शुक्रबार भएको स्थानीय निर्वाचनको मतगणना शनिबारदेखि शुरु गरिएको थियो । तर मतगणनामा बढी समय लागिरहेकोले गर्दा दुईवटा कोठा अझै थपी वडा नम्बर ३ र ३० को मतगणना शुरु गरिएको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए ।