१ जेठ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी (जसपा) का राजेशमान सिंहले अग्रता फराकिलो पार्दै लगेका छन् । ३ हजार ५७९ मतगणना हुँदा सिंहले नेकपा एमालेका उम्मेदवार विजय सरावगीले भन्दा १०६३ मत बढी ल्याएका छन् । सिंहले १८१० मत ल्याउँदा सरावगीले ७४७ मत ल्याएका छन् ।
मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का गिरीश गिरीले ४५ मत ल्याएका छन् । उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलम १३७३ मतका साथ अग्र स्थानमा छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का पुरुषोत्तमलाल झाले १८३, राप्रपाकी विना जयसवालले ७२ र स्वतन्त्रकी रम्भा मिश्राले १०२ मत ल्याएका छन् ।