वीरगञ्ज १ जेठ । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ३ मा नेकपा एमालेले अग्रता लिएको छ । १ सय ५० मत गणना गर्दासम्म एमालेले नगरपालिकाको मेयरमा १ सय ३५, उपमेयरमा १ सय ३८ र वडाअध्यक्षमा १ सय ४६ मत परेको छ ।
जनता समाजवादी पार्टी (जसपा) को मेयरमा ७, उपमेयरमा ४ र वडाअध्यक्षमा १ मत पाउँदा नेपाली कांग्रेसको मेयरमा ५, उपमेयरमा ३ र वडाअध्यक्षमा १ मत परेको छ ।