वीरगंज । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मौन अवधि आज मध्यरातिबाट सुरु हुँदैछ। निर्वाचन आयोगका अनुसार मौन अवधि निर्वाचनको दिन वैशाख ३० गतेको मध्यरातिसम्म हुनेछ। धेरै पढिएको जर्मनीमा रहेका नेपाली जोडीले टिकटकबाट इमोसनल ब्ल्याकमेल गरेर उठाए….
दुवै प्रमाण पल विरुद्ध : जन्म दर्ता अनुसार पीडित….
विद्यालय सञ्चालकलाई स्वास्थ्य प्रवक्ताको चेतावनी : बच्चाको ज्यान गए….
यसबीच निर्वाचनलाई प्रभाव पार्ने कुनै पनि गतिविधि गर्न पाइने छैन। सभा-सम्मेलन, चुनाव प्रचार लगायत केही पनि गर्न पाइने छैन। यस्तै मौन अवधि सुरु हुनुअघि नै आयाेगले मतदानस्थलको तीन सय मिटर वरिपरि राखिएका प्रचारात्मक सामग्री हटाउन पनि निर्देशन दिएकाे छ। इन्टरनेटको माध्यमबाट फेसबुक, ट्वीटर, टिकटक जस्ता सामाजिक सञ्जाल प्रयोग गरेर समेत मत माग्न नपाइने र त्यहाँ भएका प्रचारात्मक सामग्री समेत हटाउन आयोगले निर्देशन दिएको छ। यस्तै मतदाता र सञ्चारमाध्यमहरूले समेत कुनै पनि उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने केही पनि प्रकाशन वा प्रसारण गर्न पाउने छैनन् ।