• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगन्जमा रातभर तनाव

  • वीरगंज संजाल
  • २७ बैशाख २०७९, मंगलवार १०:२१
  • २९४५

    वीरगन्ज | वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवामा सोमबार मध्यरातमा चुनावको विषयलाई लिएर रातभर तनाव भएको छ। नेकपा एमालेका मेयर उम्मेदवार एंव निवर्तमान मेयर विजय सरावगी, चुनावी दौरानका क्रममा सोमबार राति नगवा स्थित कांग्रेसका एक स्थानीयको घरमा गएको बेलामा स्थानीयको एक समूहले होहल्ला गर्दै घर घेराउ गरेपछि स्थिति तनावपूर्ण बनको हो।एमाले उम्मेदवार सरावगी मोटरसाइकलमा सवार भइ आफ्ना सहयोगीका साथ राति १२ बजेतिर स्थानीय कांग्रेस नेता विनोद चौरसीयाको घरमा गएका थिए। चौरसीयाको घरमा सरावगी प्रवेश गरेलगत्तै उनलाई पछ्याउँदै गएका स्थानीयहरुको एक समूहले सरावगीले निर्वाचन आचार संहिता उल्लंघन गरेर राति मतदाताको घरमा किन आएको भनेर होहल्ला गरेका थिए।

    चौरसीयाको घरको मुल गेट अगाडि नै झण्डै तीन घण्टासम्म स्थानीयको समूहले होहल्ला गरिरहेपछि त्यहाँ प्रहरी पुगेको थियो। वडा प्रहरी कार्यालय विर्ता र श्रीपुरबाट गएको टोलीले मङगलबार बिहान ३ बजेतिर चौरसीयाको घरबाट सरावगीलाई उद्धार गरेर चिनीमल आवास क्षेत्रस्थित उनको घरमा पुर्‍याएको पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए। प्रहरी उपरीक्षक बस्नेतले, सरावगी चुनावी दौरानका क्रममा भोट माग्न राति १२ बजेतिर नगवा स्थित काँग्रेस कार्यकर्ताको घरमा गएपछि जनता समाजवादी पार्टीका कार्यकर्ताहरुले घर घेराउ गरेर होहल्ला गरेको र त्यो खबर आफुले साढे १२ तिर पाए लगत्तै त्यहा प्रहरी परिचालन गरेको बताए। आचार संहिता उल्लंघन गरेर सरावगी मध्यरातमा काँग्रेस कार्यकर्ताको घरमा किन आएको भनेर जसपाका कार्यकर्ताहरुले होहल्ला गरेको र प्रहरी पुगेर बिहान ३ बजेतिर सरावगीलाई स्कर्टिङग गरेर घरमा पुर्‍याइ दिएको बस्नेतले बताए।

    राति प्रदर्शन गरेका जसपाका कार्यकर्ताहरुले भने निर्वाचन आचार संहिता उल्लंघन गरेर सरावगी मध्यरातमा काँग्रेसी नेताको घरमा आउनु शंकास्पद भएकाले आफूहरुले निगरानी गरेको बताए। सरावगी पैसाको झोला बोकर भोट किन्न आएपछि आफूहरुले प्रतिवाद गरेको उनीहरुको भनाइ छ।चौरसीयाको घरमा खानतलाशी गर्न भने पनि प्रहरीले नमानको उनीहरुको आरोप छ। तर प्रहरी उपरीक्षक बस्नेतले चौरसीयाको घर प्रहरीले खानतलाशी गरेको र त्यहाँ कुनै पनि रकम फेला नपरेको बताए। यता सरावगीले नगवाको रातिको घटना जसपाका मेयर उम्मेदवार र उनीबाट परिचालित कार्यकर्ताहरुको चुनावी स्टण्ट भएको बताए। उनले आफू मत माग्न मतदाताको घरमा गएका बेलामा विपक्षी दलका उम्मेदवार र तीनका कार्यकर्ताले गुण्डागर्दी शैलीमा होहल्ला गरेर अनावश्यक बवाल गरेको बताए।

    सोमबार राति आफू परवानीपुरको रात्री चुनावी सभामा रहेकै बेला नगवाबाट चौरसीयाले फोन गरेर बोलाएको र परवानीपुरको कार्यक्रम सकेर जाँदै गर्दा राति पौने १२ बजेतिर उनको घरमा पुगेको सरावगीले बताए। आफू चौरसीयाको घरमा पुग्ने बित्तिक्कै नजिकै जसपाले गरिरहेको चुनावी भोजभतेरमा रहेका जसपाका कार्यकर्ताहरुले अराजक शैलीमा होहल्ला गरेर घर घेराउ गरेको सरावगीले बताए। होहल्ला गरेको १ घण्टासम्म कुर्दा पनि प्रहरीबाट कुनै पहल नभएपछि आफूले पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतलाई फोन गरेर घटना बारे जानकारी गराए पनि दुई घण्टासम्म कुनै वास्ता नगरेको सरावगीले गुनासो गरे।त्यसपछि पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकाललाई फोन गरेपछि मात्र प्रहरी उपरीक्षक बस्नेतले प्रहरीको थप टोली पठाएर त्यहाँबाट आफूलाई उद्धार गरेर आफ्नो निवासमा पुर्‍याइ दिएको सरावगीले बताए। प्रहरी प्रमुखको बदनियतका कारण आफू त्यहाँ ३ घण्टासम्म मानसिक यातना खेप्न बाध्य भएको आरोप पनि सरावगीले लगाए।

    सरावगीले भने ,‘ म उम्मेदवार हुँ, हरेक मतदाताको घरमा जान पाउनु मेरो अधिकार हो, त्यसमा पनि नगवामा राति मतदाता स्वयम्ले भेट्न बोलाएका हुन् , म भोट माग्न गएको थिएँ तर विपक्षीबाट परिचालितले यसलाई राजनीतिक स्टण्ट बनाए। यो घटना विपक्षी उम्मेदवारको सुनियोजित योजनामा गराइएको हो। जनताले सब कुरा बुझिरहेका छन्।’ प्रहरी उपरिक्षक खनालले भने राति १२.३० बजे खबर पाउने बित्तिक्कै प्रहरी घटनास्थलमा पुग्दा करिब दुई अढाइ सयको संख्यामा जसपाका कार्यकर्ताहरुले होहल्ला र नाराबाजी गरिरहेको अवस्था रहेकाले स्थिति साम्य बनाउन समय लागेकाले सरावगीको उद्धारमा ढिला हुन पुगेको बताए। कुनै पनि उम्मेदवारले निर्वाचन आचार संहिता विपरित बेलुकी ७ बजेपछि चुनावी गतिविधि गर्न नपाउने भन्दै प्रहरी उपरीक्षक बस्नेतले सोमबार राति भएको घटना बारे अनुसन्धान भइरहेको बताए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑