बिरगंज । हेरिटेज +२ पब्लिक कलेजद्वारा आयोजित कक्षा ११ का विद्यार्थीहरूको लागि स्वागत तथा सम्मान्न कार्यक्रम एक कार्यक्रम बीच सम्पन भएको छ । स्वागत तथा समान्न कार्यक्रम अमलेखगंजमा रहेको प्रख्यात होटल( Q20 ) क्यु ट्वेन्टीमा राखिएको थियो । हेरिटेज+२ पब्लिकका प्रधानाध्यापक मंकेश्वर प्रसाद यादव सभापतिमा भएको कार्यक्रममा प्रमुख अतिथिमा जनता मा वि का शिक्षक अवधेश यादव , विशिष्ठ अतिथिमा हेरिटेज+२ कलेजका प्रशासकिय अधिकृत मुकेश श्रीवास्तव , अतिथिमा कलेज कै शिक्षक बैजनाथ , अछेलाल ,अनिल , अजित ,अमरेन्द्र , रामपुकार,विनोद र विन्देश्वरी सर लगायत रहनुभएका थिए । कलेजका अध्यनरत सम्पूर्ण विद्यार्थीहरु लाई कार्यक्रममा सहभागी गराइएको थियो । कक्षा ११ मा पठनपाठन गर्ने सम्पूर्ण छात्रा/छात्रहरुलाई कक्षा १२ का विद्यार्थीहरूद्वारा कक्षा ११ का बिधार्थीहरुलाई टीका लगाई स्वागत गराइएको थियो । वाणिज्य विषय सम्बन्धी पढाइ गर्ने सम्पूर्ण विद्यार्थीहरुको लागि पनि वाणिज्य क्षेत्रमा ठूलो अवसर रहेको हुन्छ।आफूले वाणिज्य विषय सम्बन्धी पढाइ गरेको छु यसको महत्व केही हुँदैन जस्तो सोच कतै पनि नराख्नु होला , वाणिज्य पढाइ गर्नेहरुले पनि आफ्नो भविस्य बनाएका छन् र सफल व्यक्ति बनेर नाम कमाएका छन जस्तो उदाहरण सहित सभापति यादव बताए । सम्पूर्ण विद्यार्थी हरुको भविष्य उज्जवल प्रज्वल होस् र सबैले आफ्नो जीवनमा कामयाब बनी आमा बुवाको सपनालाई साकार पार्ने गरी जोश जाँगर र अनुशासनमा रही एउटा राम्रो र सफल व्यक्तिको पहिचान दिनु होला भने कार्यक्रमका प्रमुख अतिथिले बताऊँनु भयो । कार्यक्रमको संचालक कलेजकै नेपाली शिक्षक सन्दिप साह द्वारा कार्यक्रम अवधि भरी उद्दघोस् गरी र सम्पूर्ण विद्यार्थी लाई अग्रिम पढाइको लागि शुभकामना व्यक्त गर्दै कार्यक्रम लाई समापन गरेका थिए ।