महाेत्तरीकाे रामगोपालपुरमा करेन्ट लाग्दा एक युवकको मृत्यु
वीरगंज संजाल
११ कार्तिक २०७६, सोमबार ०७:४५
३४११
महोत्तरी ।महाेत्तरीकाे रामगाेपालपुरमा करेन्ट लाग्दा एक युवकको मुत्यु भएको छ । अाईतबार रामगोपालपुर नगरपालिका वडा नम्बर ८ टिकुलीया बजारमा रहेको जयमहराजा ज्वेलर्समा झिमिलि बत्ती जाेडने क्रममा बेलुकी करिब ५ बजे करेन्ट लाग्दा उपचारकाे क्रममा जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टर जनकपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महाेत्तरीले जनाएको छ ।
मृत्यु हुनेमा जिल्ला धनुषाको जनकपुर उपमहानगरपालिका २१ बस्ने देबनारायण शाहकाे छाेरा वर्ष १५ काे खगेन्द्र शाह रहेको र शवलाई पाेष्टमार्टमकाे लागि अंचल अस्पताल पठाउने तयारी भई रहेको जिल्ला प्रहरीले कार्यालयले जनाएको छ ।