वीरगंज । स्थानीय तहको चुनावलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय धनुषाले मंगलबारदेखि मदिरा निषेध गर्नुका साथै भारतसँग जोडिएका सीमानाकासमेत बन्द गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले आइतबार एक सार्वजनिक सूचना जारी गर्दै मंगलबार राति १२ः०० बजेदेखि मतदानको कार्य सम्पन्न नभएसम्मका लागि धनुषा जिल्ला भरी सबै प्रकारका मादक पदार्थ (मदिरा) को विक्री वितरण र सेवन कार्य निषेध गर्नुका साथै गते राति १२ः०० बजेदेखि शुक्रबारसम्म भारतीय सीमासँग जोडिएका सीमानाकासमेत पूर्णत बन्द गर्ने निर्णय गरेको हो ।
मंगलबार राति १२ः०० बजेदेखि ३० गतेका दिन मतदान कार्य सम्पन्न नहुञ्जेलसम्म एम्बुलेन्स, खानेपानी ट्याङ्कर, दमकल, दूरसञ्चार सेवारशव बाहान, अस्पताल सेवा तथा विद्युत सेवा जस्ता अत्यावश्यक सेवा र नम्बर प्लेटमा सिडी उल्लेख भएको कूटनीतिक नियोगको सावरी साधन र अनुमति प्राप्त सवारी साधन बाहेकका सावरी साधन सञ्चालनमा निषेध गरिएको जिल्ला प्रशासन कार्यालय धनुषाले जारी गरेको सूचनामा उल्लेख छ । सो आदेशको उलंघन गर्नेलाई कानुन बमोजिम कारबाही हुने जनाईएको छ ।