• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    तपाईको अमुल्य मत कसलाई ?

  • वीरगंज संजाल
  • २४ बैशाख २०७९, शनिबार १४:१७
  • २५८५

    बीरगंज | स्थानीय तहको निर्बाचन हुन अव ११ दिनमात्र बाँकी छ । निर्बाचनको मिति जतिजति नजिकिँदै छ त्यति त्यति नै चुनावको माहौल गर्माएका छ । कस्ले बाजी मार्ने भन्ने अडकलबाजि समेत शुरु हुन थालेको छ । यो चुनाबमा मधेश प्रदेशको एक मात्र महानगरपालिकाको अवको नेतृत्व कस्ले गर्ने भन्ने बिषयमा निकै चर्चा शुरु भएको छ । राजनीतिक दल र नागरिकहरुको बीचमा पनि आगामी जनमतको बिषयलाइ लिएर बहस चल्न थालेको छ । निर्बाचनमा बीरगंज महानगरमा नेपाली कांग्रेस, जसपा, माओवादी, नेकपा एस र जनमोर्चाको पाँच दलीय गठबन्धन एकै ठाउँमा हुँदा स्वत जित्ने जिकिर गठबन्धनले बनाएर निर्धक्क बनेको भएपनि जनमत भने त्यस्तो छैन ।गत निर्बाचनमा अहिलेको जसपा अर्थात फोरमको तर्फबाट उम्मेदवार बनेका निबर्तमान नगर प्रमुख बिजय कुमार सरावगीले १९ हजार ३ सय मत ल्याएर जितेका थिए भने प्रतिद्धन्दी रहेका नेपाली काँग्रेसका उम्मेदवार अजय कुमार द्धिबेदीले १७ हजार मत ल्याएका थिए त्यस्तै बर्तमान गठबन्धनका मेयर पदका उम्मेदवार राजेशमान सिँहले तत्कालिन तमलोपाको उम्मेदवार बनि १२ हजार १ सय ६५ मत ल्याइ तेस्रो नम्बर रहेका थिए ।

    उता नेकपा माओबादीले उठाएका युवा उम्मेदवार रहबर अन्सारीले ८ हजार मत ल्याइ पाँचौ स्थानमा रहेका थिए । झ्टट हेर्दा सामान्य रुपमा गठबन्धमा परेका उम्मेदवारले ५६ हजार मत हुन आएको भएपनि त्यो जनमत भने खण्डित बनेर एमालेको उम्मेदवार जितको नजिक पुगेको तथ्यले देखाएको छ ।उता एमालेको तर्फबाट नगर प्रमुखको उम्मेदवार बनेक बिजय कुमार सरावगीसँग बिपक्षी राजनीतिक दलहरुले बिगतको निर्बाचनमा प्राप्त गरेको जनमतलाई आधार बनाएर आफुहरु जितमा ढुक्क रहेको दलील पेश गर्नुलाई स्वभाबिक पनि मानिएला । एमालेका तत्कालिन मेयर पदका उम्मेदवार बसुरुद्धिन अन्सारीले प्राप्त गरेको मत संख्या ८ हजार, तत्कालिन बिजय कुमार गच्छेदारको पार्टी ९नमस्कार छाप० बाट उम्मेदवार बनेका बर्तमान माननीय सांसद बिमल प्रसाद श्रीवास्तबले प्राप्त गरेको मत ८ हजार, राप्रपाले प्राप्त गरेको केही मतलाई जोड्दा २० हजारको हाराहारीमा मात्र मत देखापरेपछि पाँच दलीय गठबन्धन जितप्रति आशावादी बनेका हुन । अव यस अन्तरालको तथ्यलाई केलाउँदा गत निर्बाचनको जनमत खण्डित बनेको छ भने तत्कालिन अवस्थामा मधेश आन्दोलनको रापताप अहिले बिपरित दिशातर्फ फर्किएको छ ।

    मधेशबादी राजनीतिक दलको तर्फबाट उम्मेदवार बनेर निर्बाचित बनेका बिजय कुमार सरावगी सो दलले नत प्रदेशको राजधानी बीरगंज बन्यो न त मधेशका नारा र माग बारम्बार उपेन्द्र यादबले नेतृत्व गरेको दल केन्द्र र प्रदेशमा रहेपनि सम्बोधन हुन सक्यो भन्दै एमाले प्रबेश गरे लगत्तै तत्कालिन जनमत खल्बलिएको छ । अझ यस बीचमा मधेशका बिभिन्न जिल्लामा एमालेमा मधेशबादी राजनीतिक दलका नेता तथा कार्यकर्ता प्रबेश गरेपछि त्यसको असर बीरगंजमा पनि परेको छ र फागुन चैत र बैशाखमा मात्र बीरगंज महानगरभित्रका २७ हजार ६ सय ३९ मतदाता हिजोसम्म एमालेमा प्रबेश गर्नुले तथ्यको आधारमा सत्य केलाउँदै जाँदा एमालेको उम्मेदवार गठबन्धन भन्दा बढी बलिए देखा परेका हुन । यस बीचमा नै बिगतको दिनमा बर्तमान गठबन्धनमा रहेको राजनीतिक दलको तर्फबाट निर्बाचित बनेका वडा अध्यक्षहरु २५, २२, २१, ५, १४ बिसराज पटेल, ग्यासुद्धिन मियाँ, हबिव मियाँ, प्रदिप चौरसिया, भरत कुर्मी एमाले प्रबेश गरेसँगै बिगतको दिनमा कायम रहेको जनमत गडबडाएको हो ।

    त्यस्तै वडा नम्बर १६ मा निकै ठूलो दवदवा राख्ने असाहाब आलम, अलौका सञ्जु छतकुल्ली, बेल्ला चोर्नीका जितेन्द्र यादब, बसदेब यादब, ६ का अरुण क्षेत्री, रामगढवाका बिजय पटेल, इनरवाका महबुब आलम ठकुराइ ९शेरु० वडा नम्बर १ बाँके बिहारी, वडा नम्बर ४ सुमन श्रेष्ठ लगायतका ब्यक्तिहरु एमाले प्रबेश गर्नु र उनीहरुले बिगतको दिनमा प्राप्त गरेको मत जोड्दा दिनप्रतिदिन एमालेको जनमत फराकिलो बन्दै गएको बुझिन्छ भने नेका र जसपा सहितको गठबन्धनको जनमत खुम्चिँदै गएको तथ्यले प्रमाणित गरेको छ । अहिले कांग्रेस जसपा गठबन्धमा रहेका राजनीतिक दल मध्ये माओवादी र नेकपा एस लाई ३२ वटा वडामा कहीँ कतै पनि यी दलले सम्मानपूर्ण स्थान नदिनु र एक जना वडा अध्यक्षलाई समेत भाग नदिनुले पनि उनीहरु काँग्रेस जसपालाई किन मत दिने भन्ने मानसिकतामा परेका छन । कांग्रेस र जसपाको मेयर र उपमेयरमा गठबन्धन छ तर वडा र नससहरुमा दुबै दलका उम्मेदवारहरु जित्नको निम्ती केही असर बाकी नराख्ने गरि प्रस्तुत हुनुले त्यो रिस मेयर र उपमेयरको मतमा प्रत्यक्षरुपमा पर्ने देखिन्छ । त्यसो गर्दा सरावगीको पक्षमा १० हजारको हाराहारीमा गठबन्धन भित्रैबाट मत संख्या बढने तथ्यलाई नकार्न सकिन्न ।

    उता नेपाली काँग्रेस र एमाले जस्ता राष्ट्रिय राजनीतिक दलहरु जो परिवर्तन र स्थिरताको लागि अनबरत लागेकाहरुले नै सबै तहको सरकार संचालन गर्नुपर्छ भन्ने आम भावनाले यो निर्बाचनको जनमतलाई प्रभाबित पार्ने कुरालाई नकार्न सकिन्न ।मधेश आन्दोलन ताका मधेशवादी राजनीतिक दलको आव्हानमा देशमा नै निकै ठूलो स्थान हाँसिल गरेका नेपाली काँग्रेसको इतिहाँस शहिद तेज बहादुर अमात्य, बिपी कोइराला, गणेशमान सिँह, गिरिजाप्रसाद कोइराला, थिरबम मल्ल जस्ता ब्यक्तित्वहरुको शालिक तोडफोड गर्ने दलहरुलाई कसरी मतदान गर्ने भन्ने मनसाय काँग्रेसी जनमा रहनु्, आफ्नो मेयर पदका उम्मेदवार नहुनु जस्ता कारणले पनि एमालेको उम्मेदवार बिजय कुमार सरावगीलाई जितको नजिक पुर्याएको हो । बीरगंज नेपाली काँग्रेसको इतिहाँस निर्माणको स्थान हो । यहाँ नेकाको निकै पुराना एवं त्यागी जेल नेल को यातना भोगेका नेता कार्यकर्ताहरुको बाहुल्यता रहेका छ उनीहरु समेत मधेशवादी राजनीतिक दललाई मेयरमा भोट हाल्न तयार छैनन ।

    त्यो हिस्सा हजारौैंको संख्यामा रहेको हुनाले पनि एमालेले जित सुरक्षित बनाएको हो ।त्यस्तै मधेशवादी राजनीतिक दलको तर्फबाट लोसपाको नेता पुरुषोत्तमलाल झालाई एमालेको निकै नगन्य उपस्थित रहेको वडा नम्बर १५ निबासीलाइ उप प्रमुखको उम्मेदवार बनाएको छ जहाँ ४ हजार ८ सय ६० मतदाता रहेका छन । त्यो मतको अधिकाँस मत चार पटकसम्म वडा अध्यक्ष बनेर अनुभव बटुलेका झाकै पक्षमा प्रभाबित हुने भएको हुनाले पनि त्यो समेत एमालेको लागि निकै अनुकूल बनेको छ । यी कारण पनि सरावगीको जितको आधार बनेको छ । उता लोसपाका नेता बिमल प्रसाद श्रीवास्तब, लक्ष्मण लाल कर्ण, लोसपाका तर्फबाट प्रदेश सभाका सदस्य बनेको वडा नम्बर २५ निबासी रमेश पटेल नेता शशि कपुर मियाँले जसरी भएपनि एमाले लोसपा गठबन्धलाई जिताउन लाग्नु जस्ले आफ्नो वडामा मात्र होइन सिँगो महानगरमा हजारौं मतदाता प्रभाबित हुन्छन त्यो कारण समेत सरावगीको लागि अनुकूल बनेको छ । यीनै तथ्यले पाँच दलीय गठबन्धको जित्ने सपना चकनाचुर बनाउने र सरवागीलाई फेरि नगर प्रमुख बनाउने स्पष्ट भएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु
  • आज शुक्रबारको राशिफल
  • मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै
  • आज बुधबारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    आज शुक्रबारको राशिफल

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    आज शुक्रबारको राशिफल

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    News

    आज शुक्रबारको राशिफल

    News

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    News

    आज बुधबारको राशिफल

    News

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑