• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कसरी छान्ने उपयुक्त एन्टीभाइरस ?

  • वीरगंज संजाल
  • १० बैशाख २०७९, शनिबार १८:०९
  • २९३३

    काठमाडौं । इन्टरनेट अथवा कम्प्युटरको प्रयोग गरी कुनैपनि काम गरिरहनु भएको छ भने तपाईं सधैं सुरक्षाकाे जोखिममा हुनुहुन्छ । आज हामी सुरक्षाका लागि तपाईंको व्यापार, व्यवसाय वा कम्प्युटरका लागि सबैभन्दा भरपर्दो र उपयुक्त एन्टीभाइरस कसरी छान्न सकिन्छ भन्ने विषयमा चर्चा गर्छौँ ।

    त्यसबाट आफ्नो व्यापार बचाउन तपाईंले केही एन्टीभाइरस वा अन्य सुरक्षाका उपाय पनि अपनाउनु नै भएको होला । आफ्नो आवश्यकता र व्यापार अनुसार आफ्नो मूल्यमा नाम चलेका ठूला कम्पनीबाट एन्टीभाइरस लिन त्यति सरल र सहज छैन ।
    यदि तपाईंले आफ्नो व्यापारलाई प्रभावकारी रूपमा सुरक्षित राख्न चाहनु हुन्छ भने तपाईंको कम्पनीलाई कस्तो सप्टवेयर आवश्यक पर्छ त्यो पहिचान गर्न पर्ने हुन्छ ।

    त्यस्तै त्यसमा भएका फिचरलाई मूल्यांकन गर्ने र आफूलाई सबैभन्दा बढी उपयुक्त कुन हुन्छ भन्ने कुराको गहिरो ज्ञान भएमा तपाईंको कम्पनीलाई कुनै किसिमको सुरक्षा जोखिम हुँदैन ।
    तपाईंको आवश्यकता पहिचान गर्नुहोस्
    तपाईंले महङ्गो वा सस्तो कुन एन्टीभाइरस प्रयोग गर्ने भन्दा पनि तपाईंको आवश्यकता के हो भन्ने कुरा महत्वपूर्ण हुन्छ । कुन प्रयोजनका लागि तपाईंले एन्टीभाइरस खोज्नुभएको हो अथवा तपाईंलाई इन्टरनेटमा सुरक्षा जोखिम कत्तिको हुन्छ भन्ने कुरा सबैभन्दा पहिले पहिचान गर्न पर्छ ।

    तपाईंको कम्पनी जति ठूलो नै किन नहोस्, त्यसको सुरक्षाका लागि ठ्याक्कै कस्तो एन्टीभाइरस चाहिन्न भन्ने कुरा जान्न आवश्यक हुन्छ ।
    जस्तो कुनै बेला तपाईंलाई विन्डोजमा काम गर्ने एन्टीभाइरस आवश्यक परेको हुन सक्छ तर पछि विन्डोजमा मात्र नभई एप्पलको म्याक अपरेटिङ सिस्टम वा लिनक्समा काम गर्ने एन्टीभाइरस आवश्यक पर्न सक्छ । त्यसैले तपाईंले भिविष्यमा के आवश्यक पर्छ भन्ने कुरा पहिले नै विचार गर्नपर्छ ।

    ठूला कम्पनीहरूसँग आफ्नै सर्भर हुन सक्छ जसलाई विशेषज्ञको सुरक्षा र हाई-इन्ड प्याकेज आवश्यक पर्छ । जसले एन्ड्रोइड र आईओस डिभाइसहरूमा काम गरोस् । किनभने बिजनेस असाइन गर्न कर्मचारीले स्मार्टफोन वा ट्याबलेट प्रयोग गरेका हुनसक्छन् । त्यसैले किन्नुभन्दा अगाडि यस्ता कुराहरूमा अध्ययन गर्नु पर्ने हुन्छ ।
    तीनवटा जटिल कारकहरू

    आफ्नो व्यापार, व्यवसाय वा साधारण कम्प्युटर सुरक्षित राख्नका लागि कस्तो एन्टीभाइरस आवश्यक पर्छ भन्ने कुरा जानिसकेपछि तपाईंले अलिकति केही विशेष कुरामा ध्यान दिनपर्छ । तपाईंले एन्टीभाइरस किन्नुअघि त्यसमा भएरका फिचरको सूची बनाउन पर्ने हुन्छ । तपाईंले आफ्नो डिभाइसका लागि उपयुक्त स्तरको सुरक्षा कुन उत्पादनले उपलब्ध गराउन सक्छ त्यो विचार गर्न पर्ने हुन्छ ।
    केही राम्रा एन्टीभाइरस कम्पनीले तीन स्तरका सुरक्षा प्रदान गर्छन् । एउटा फाइल, नेटवर्क र एप्लिकेसन । यि तीनवटालाई जोडेर सुरक्षामार्फत एउटा मजबुत तह निर्माण गर्ने गर्छ ।

    एउटा उचित एन्टीभाइरस उत्पादनले हुनसक्ने जोखिमलाई स्क्यान गरी खराब (Malicious) फाइलहरू हटाउने गर्छ । जसले गर्दा रियल टाइममा यसको डेटाबेस अपडेट भइरहन्छ । तपाईंले कुनै सेक्युरिटी प्रोडक्ट (एन्टीभाइरस) लिनुअघि त्यसले उचित तरिकाले फाइल, फोल्डर, इमेल अट्याचमेन्ट र डकुमेन्ट स्यान गर्छ भन्ने कुरामा ढुक्क हुनुपर्छ । किनभने यस्ता कुरामा बढी मालवेयर समावेश हुन्छन् ।

    त्यसभन्दा पनि बढी र विशेष भविष्यसँग जोडिएका प्रोडक्ट किन्न पर्ने हुन्छ । जसले हुनसक्ने थ्रेट्सलाई पहिचान गर्न एआई, मसिन लर्निङ र क्राउड-सोर्स्ड डेटा (Crowd-sourced Data) प्रयोग गरेको हुन्छ । यो किन पनि महत्वपूर्ण हुन्छ भने यस्ता उन्तत प्रविधिले भविष्यमा हुनसक्ने ठूला जोखिमहरूबाट तपाईंको सिस्टमलाई बचाई राखेका हुन्छन् ।

    इन्टरनेटको माध्यमबाट मालवेयर छिटै फैलिने भएकाले नेटवर्क प्रोटेक्सन अझ महत्वपूर्ण पक्ष हो । किनभने नेटवर्क प्रोटेक्सनमा मालवेयर फैलियो भने त्यसले तपाईंको कम्पनीसँग जोडिएको सिस्टमलाई नै प्रभाव पारेको हुन्छ ।

    एउटा मजबुत डीएनएस फिल्टरले तपाईंको पिसी र डिभाइसमा हुने हानिकारक कन्टेन्ट र डग्डी वेबसाइट हरू ब्लक गर्ने गर्छ । त्यसकारण यस्ता विषयहरू समेट्ने एन्टीभाइरस प्रयोग गर्ने गर्नुपर्छ ।
    केही त्यस्ता उत्कृष्ट एन्टीभाइरसमा भीपिएन र सुरक्षित ब्राउजिङ मोडुलसको सिस्टम हुन्छ । जसले सुरक्षालाई सुधार गरिरहेको हुन्छ ।
    तेस्रो स्तरको सुरक्षाका लागि के कुरामा ध्यान दिनपर्छ भने तपाईंको एप्लिकेसन र अपरेटिङ सिस्टमहरू सुरक्षित हुन् । अनावश्यक एसेस हुनबाट बचाउन तपाईंले होस्ट इन्ट्रुसन प्रिभेन्सन टेक्नोलोजी (Host intrusion Prevention Technology) निकै नै महत्वपूर्ण हुन्छ ।

    यदि तपाईं आईटी (सूचना तथा प्रविधि) क्षेत्रमा काम गर्नुहुन्छ वा त्यससँग सम्बन्धित कुनै व्यवसाय छ भने तपाईंले एन्टीभाइरस सफ्टवेयर मल्टिपल लाइसेन्स भएको हो या होइन ख्याल गर्नु पर्ने हुन्छ ।
    यदि सिङ्गल लाइसेन्स मात्र भएको रहेछ भने त्यो तपाईंको व्यवसायका लागि उपयुक्त नहुन सक्छ । यदि मल्टिपल लाइसेन्स भएको एन्टीभाइरस सफ्टवेयर खरिद गर्नुभयो भने तपाईंले त्यसलाई विभिन्न डिभाइसमा इन्स्टल गरेर त्यो सफ्टवेयरलाई व्यवस्थापन गर्न सक्न हुन्छ
    एन्टीभाइरस सफ्टवेयरको मूल्य

    तपाईंले माथि भनिएका सम्पूर्ण कुरामा ध्यान दिनुभयो भने अब पालो मूल्यको । सबैजसो एन्टीभाइरसहरू एउटै खालका मानिसहरूका लागि निर्माण गरिएका हुँदैनन् । तपाईंका लागि मात्र भनेर कुनै पनि कम्पनीले एन्टीभाइरस विकास गरेका हुँदैनन् । त्यसैले तपाईंका लागि कुन र कति मूल्य पर्ने उपयुक्त भन्ने कुरा महत्वपूर्ण हुन जान्छ ।
    तपाईंहरूले सामान्यतयः व्यवसायिक एन्टीभाइरस प्रोडक्ट मासिक वा वार्षिक सब्क्रिब्सन र एकमुष्ट रकम तिरेर सधैँका लागि पनि पाउन सक्नुहुन्छ । केही उत्कृष्ट फिचर भएका एन्टीभाइरसको मूल्य तुलनात्मक रूपमा बढी पनि पर्नसक्छ ।

    तपाईंले कस्तो खोज्नु भएको हो वा तपाईंको व्यवसायलाई कस्तो एन्टीभाइरस आवश्यक पर्छ भन्ने कुरामा एन्टीभाइरसको मूल्य भर पर्छ । अथवा एउटा एन्टीभाइरस कतिवटा डिभाइसमा प्रयोग गर्न सकिन्छ भन्ने कुराले एन्टीभाइरसको मूल्य निर्धारण गरेको हुन्छ ।
    यदि तपाईंले कुनै कम्पनीबाट एन्टीभाइरस खरिद गर्नु भएको छ भने त्यस कम्पनीको प्राविधिक समुहले तपाईंको हरेक आवश्यकतामा साथ दिन्छ भन्ने कुरामा विश्वस्त हुनु पर्‍यो । उनीहरूसँग सहयोग माग्ने प्रस्थिति वा माध्यम कत्तिको सहज वा जटिल छ भन्ने कुरा अझ महत्वपूर्ण हुन्छ ।

    एन्टीभाइरस किन्दा सो कम्पनीले सरकारले त्यसमा ल्याएका निती बमोजिम काम गरेको छ/छैन भन्ने कुरामा निर्धक्क हुनुहोस् । त्यस्तै तपाईंले पनि एन्टीभाइरस सफ्टवेयर कानूनी प्रकिया सही भएको कम्पनीबाट खरिद गर्नु भएको छ र तपाईंको कम्पनी कतै दर्ता भएको छ भने त्यससम्बन्धि भएका सम्पूर्ण नितीबारे तपाईं प्रष्ट भएको हुनुपर्ने हुन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लागू औषधसहित युवक पक्राउ
  • आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत
  • देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक
  • पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    सखुवा प्रसौनी गाउँपालिकाको बजेट ५९ करोड : खेलकुद,शिक्षा,स्वास्थ्य र कृषि प्राथमिकतामा

    नेशनल मेडिकल कलेज र वीरगन्जका ७ वडा बीच स्वास्थ्य सेवा सम्झौता

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लागू औषधसहित युवक पक्राउ

    News

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    News

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    News

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    News

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑