बिरगंज । कृषि अनुसन्धान निर्देशनालयमा हेरिटेज कलेजका बिधार्थीहरुले विषयवस्तु सम्बन्धी स्थलगत अवलोकन गरेका छन ।
हेरिटेज +२ कलेजले कक्षा ११ का विद्यार्थीहरुलाई प्रतिवेदन लेखन तथा प्रस्तुतीकरणका विषयमा जानकारी गराउनको लागि स्थलगत अध्ययन अवलोकन गराएको छ ।
परियोजना कार्यको प्रतिबेदन लेखन तथा प्रस्तुतीकरणको लागि हेरिटेज +२ कलेजमा अध्ययनरत छात्रा/छात्रहरू लाई मधेस प्रदेश को परवानीपुर बारा स्तिथि रहेको कृषि अनुसन्धान निर्देशनालय मा अध्ययन अवलोकन गराएका छन् ।
विद्यार्थीहरुलाई पाठ्यक्रममा भएका विषयवस्तु लगायत बाहिरका विषयमा पनि जानकारी गराउने उद्देश्यले स्थलगत अध्ययन अवलोकन गराईएको शिक्षक विन्देश्वरी मंडल ले जानकारी गराउनु भएको छ।
विभिन्न विषयमा जानकारी गराउने उद्देश्यको निम्ति यस कलेजले यस्ता गतिविधिहरु निरन्तर गराई रहनु पर्छ भने कलेज मा कार्यरत शिक्षक मण्डलले बताउनुभयो । शैक्षिक क्रियाकलाप अन्तगर्त स्थलगत अध्ययन अवलोकनले विद्यार्थीहरु लाई थप ज्ञान हासिल गराउने छ र जोश जाँगर को साथ विद्यार्थी हरुको पनि रुचि पढाइ क्षेत्र तिर बढ्ने छ भने कलेजको दावी रहेको छ।