• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ‘बजारमा भएको सुनले १५ दिनसम्मको मागलाई धान्न सक्छ’

  • वीरगंज संजाल
  • २ बैशाख २०७९, शुक्रबार १०:२२
  • ४३२९

    काठमाडौं । नेपाल बैंकर्स संघले आगामी एक सातासम्मका लागि अत्यावश्यकबाहेक अन्य वस्तुको प्रतितपत्र (एलसी) नखोल्ने निर्णय गरेको छ । अर्थतन्त्र थप जोखिममा परेपछि विलासिताका वस्तु आयातका एलसी नखोल्न संघले निर्णय गरेको हो । राष्ट्र बैंकले गत सोमबार बैंकका सीइओलाई बोलाएर गाडी सहितका बिलासिताको वस्तुको एलसी रोक्न मौखिक निर्देशन दिएको थियो ।

    उक्त निर्देशन अनुसार नगद मार्जिन तोकेका ४७ समुहका वस्तुको एलसी तत्काललाई नखुल्ने भएका हुन् । जसमा नगद मार्जिन तोकेका चिनी, चकलेट, चुइगम, इनर्जी ड्रिङ्क, चुरोट, अत्तर, शृङ्गारका सामाग्री, स्याम्पु, कपालमा लगाउने तेल, गाडी तथा मोटरसाइकल, काठका सामग्री र फर्निचर, जुत्ता, टोपी, छाता, कृत्रिम फूल, मार्बल, ट्वाइलेट र भान्छा कोठाका सामाग्री, सुनचाँदी लगायत पर्छन् ।

    सुनको एलसी रोक्दा यसको नकारात्मक असर पर्ने नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष माणिक रत्न शाक्य बताउँछन् । उनी भन्छन्, ‘सुनको आयात प्रतितपत्र (एलसी) रोक्न निर्णयले सुनको बजारमा नकारात्मक असर पर्ने देखिन्छ । बजारमा सुनको अभाव हुन थाल्यो भने सुनको कारोबार वैध च्यानलबाट भन्दा पनि अवैध च्यानलबाट बढी हुनसक्छ । यसलाई रोक्नका लागि सरकारले बेलैमा सोच्नु पर्ने हुन्छ ।’

    तर, मुलुकको अर्थतन्त्र संकटमा रहेका कारण केहि हप्तासम्म सुन आयात रोकिएपनि स्टक सुनले बजारको माग धान्ने तयारीमा व्यवसायी रहेको उनले बताए । अध्यक्ष शाक्यले भने, ‘देशको अर्थतन्त्र अहिले संकटमा रहेको छ । अर्थतन्त्र खराव हुँदा व्यापार ठिक हुन्छ भन्न सकिदैन । त्यसैले आफूसंग भएको स्टकहरुलाई नै व्यवस्थापन गरेर बजारको मागलाई कहि दिनसम्म धान्न सक्छौं । केहि समयका लागि हामी धैर्य गर्नेछौं ।’

    उनले अहिले ठ्याक्कै यतिकै मात्रामा सुन स्टक छ भन्न सकिने स्थिति नरहेको बताए । तर, १५ दिनसम्म सुन आयात नभएपनि बजारको मागलाई धान्न सकिने अनुमान रहेको अध्यक्ष शाक्यको भनाई छ ।गत महिना नेपाल राष्ट्र बैंकले दैनिक आयात गर्न सकिने सुनको परिमाण २० किलोबाट झारेर १० किलोमा पुर्याएको थियो ।

    त्यस्तै, शाक्यले अहिले बजारमा सुनको माग बढ्न थालेको जानकारी दिए । उनले भने, ‘बैशाख महिनामा पनि विवाहका सिजन मानिन्छ । यसले गर्दा पनि अहिले विस्तारै सुनको माग बढिरहेको छ ।’ उनले चैत्र महिनामको सुरुवातमा सुनचाँदीको कारोबार सुस्ताए पनि अहिले भने निरन्तर बढ्दो क्रममा रहेको बताए । अध्यक्ष शाक्यले भने, ‘चैत्र महिनाको सुरुवातमा दैनिक १५ केजीसम्म सुनको कारोबार हुने गरेको थियो । तर, अहिले दैनिक कारोबार बढिरहेको छ । अहिले दैनिक २० देखि २५ केजीको हाराहारीमा सुनको कारोबार भइरहेको छ ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑