• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    राप्रपा नेपालले सूर्य चिन्हमा चुनाव लडे आयोगले एमाले उम्मेदवारको रुपमा रेकर्ड राख्ने

  • वीरगंज संजाल
  • १ बैशाख २०७९, बिहीबार १५:१०
  • ३४२१

    वर्ष २०७८ को अन्तिम दिन प्रमुख प्रतिपक्षी दल एमाले र कमल थापाको पार्टी राप्रपा नेपालले चुनावी तालमेलको ५ बुँदे सहमति गरे । आगामी वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि संसदको सबैभन्दा ठूलो दल र भर्खरै पुनर्गठन भएको पार्टीबीच चुनावी तालमेल भएको हो

    दुई दलको सहमति अनुसार देशभर तालमेल सम्भव भएका पालिकाहरुमा आपसी तालमेल गरेर उम्मेदवार उठाउने, आफ्नो उम्मेदवार नभएको पालिकामा एक अर्कालाई सघाउने, राप्रपा नेपालका उम्मेदवारहरुले सूर्य चिन्ह लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने र निजहरु निर्वाचित भएपश्चात् पनि राप्रपा नेपालमै आवद्ध रहने भनिएको छ ।

    तर राप्रपाले चाहेजस्तो सूर्य चिन्हमा चुनाव लडेर जितेपछि पनि राप्रपा नेपालको जनप्रतिनिधि हुने चाहना भने पूरा नहुने देखिएको छ । आयोगले जुन दलको चुनाव चिन्हमा उम्मेदवारले आफ्नो उम्मेदवारी दिन्छन्, सो व्यक्तिलाई सोही चुनाव चिन्ह रहेको दलको ब्यक्तिको रुपमा चिन्ने जनाएको छ ।

    जुन पार्टीको चुनाव चिन्ह लिएर उम्मेदवार निर्वाचित हुन्छन्, आयोगले सोही पार्टीको जनप्रतिनिधिको रुपमा रेकर्ड राख्ने आयोगको कानून तथा राजनीतिक दल महाशाखा प्रमुख सहसचिव यज्ञप्रसाद भट्टराईले रातोपाटीलाई जानकारी दिए । यदि कमल थापाको पार्टीका उम्मेदवारले सूर्य चिन्हमा चुनाव जितेमा आयोगको रेकर्डमा उनीहरु एमालेका प्रतिनिधिको रुपमा अभिलेख हुने उनले बताए ।
    यो पनि…
    एमालेको सूर्य चिह्नबाट लड्न राप्रपा नेपालद्वारा ३० स्थानीय तहमा दावी
    ​उनले भने, ‘चुनावी प्रयोजनका लागि दल दर्ता गर्ने बेलामा नै हामी दुई वा दुईभन्दा बढी दलहरु मिली चुनाव लड्छौँ भनेर आयोगमा आउनुपथ्र्यो । त्यतिबेला त्यसरी कोही पनि आएको छैन । पछि कुनै पार्टीको उम्मेदवारले अर्कै पार्टीको चिन्हबाट चुनाव लड्छ भने जुन दलको चिन्हबाट लड्छ, निर्वाचित भएपछि त्यही दलको रुपमा चिनिन्छ । अर्को पार्टीको चिन्हमा चुनाव लड्न नपाउने भन्ने कानुनी प्रावधान भने छैन ।’

    यसअघि तराई केन्द्रीत दलबाट राजनीति गरेर पछि स्वतन्त्र समूह बनाएका हृदयेश त्रिपाठीले सूर्य चिन्हबाट उम्मेदवारी दिई प्रतिनिधि सभाको सांसद भएका थिए । आयोगले उनलाई एमाले सांसदको रुपमा अभिलेख राखेको थियो ।
    सहसचिव भट्टराईले भने, ‘कुन चुनाव चिन्हबाट चुनाव लडेका छन्, त्यही पार्टीको उम्मेदवार भनेर आयोगले बुझ्छ । हामीले हेर्ने भनेको चुनाव चिन्ह हो । यदि राप्रपाका उम्मेदवारले सूर्य चिन्हमा उम्मेदवारी दर्ता गरे भने उनीहरु एमाले पार्टीका रुपमा चिनिन्छन् । एमालेको चिन्ह लिएर उठेका उम्मेदवारलाई कसरी राप्रपाको उम्मेदवार भनेर चिन्ने ? कानुनी रुपमा सूर्य चिन्ह एमालेको भएकोले त्यो चिन्ह लिएर जो उम्मेदवार उठ्छ, त्यो एमालेको उम्मेदवार भनेर कानुनी रुपमा चिनिन्छ ।’

    अहिले सूर्य चिन्हमा लडेर पछि हामी राप्रपाको हौँ भन्न पाउने अवस्था कानुनी रुपमा नहुने उनको भनाइ छ । जुन चुनाव चिन्हबाट व्यक्ति निर्वाचित भएको हुन्छ, त्यसलाई सोही दलले आवश्यक परेको खण्डमा कारवाही गर्नसक्ने समेत व्यवस्था रहेको छ । राप्रपासँग जस्तै सहमति एमालेले नेपाल परिवार दलसँग पनि गरेको छ । परिवार दलका कोही एमालेको सूर्य चिह्नबाट चुनाव लडेर विजयी भएमा उनीहरु पनि एमालेकै जनप्रतिनिधिका रुपमा आयोगको रेकर्डमा जनिनेछन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑