नेकपा एमाले पर्साले वीरगञ्ज महानगरपालिकाको मेयरको उम्मेदवारमा विजय कुमार सरावगीलाई सिफारिस गरेको छ।
बुधबार बसेकाे एमाले वीरगञ्ज महानगर कमिटीकाे बैठकले सर्वसम्मत रूपले सरावगीलाई उम्मेदवार चयन गरेकाे हाे ।
केही दिन अगाडि मात्र मेयर सरावगी जनता समाजवादी पार्टी(जसपा) छाडेर एमाले प्रवेश गरेका हुन्।
अघिल्लाे स्थानीय तहकाे निर्वाचनमा उनी तत्कालीन संघीय समाजवादी फाेरम नेपालबाट मेयरमा निर्वाचित भएका थिए ।