• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मधेस प्रदेश : चुनावी तालमेलबारे गठबन्धन घटक अझै गृहकार्यमै सीमित, मौकाको खोजीमा एमाले

  • वीरगंज संजाल
  • ३० चैत्र २०७८, बुधबार ०३:५७
  • २६५३

    वीरगंज | आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचन मिति नजिकिँदै जाँदा मधेस प्रदेशमा राजनीतिक दलहरूको सक्रियता बढेको छ । दलहरु स्थानीय तहको निर्वाचन केन्द्रित रणनीति बनाउन जुटेका छन् । सत्तारुढ गठबन्धनका साथै नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपालको बेग्ला बेग्लै स्थलमा बैठक बसेर निर्वाचन केन्द्रित रणनीति बुनेका छन् । सत्तारुढ गठबन्धनको मधेस प्रदेशस्तरीय बैठकले स्थानीय तहको निर्वाचन बारेमा आपसमा तालमेल गर्न गठबन्धन घटकका जिल्ला नेतृत्वसँग पनि छलफल गर्ने निष्कर्षमा पुगेको हो ।

    मंगलबार महोत्तरीको बर्दिबासमा बसेको मधेस प्रदेश गठबन्धनको बैठकले यसबीचमा जिल्लास्तरीय गठबन्धनबाट पालिका तह अनुसारको छलफल गरी खाका तयार पार्ने निर्णय गरेको छ । यसका लागि वैशाख २ गतेसम्मको समयसीमा निर्धारण गरिएको छ भने बैठक वैशाख ३ र ४ गतेसम्म चार÷चार वटा जिल्ला कमिटीका अध्यक्षहरूसँग बैठक बस्ने योजना रहेको नेपाली काँग्रेस मधेस प्रदेश समितिका कोषाध्यक्ष प्रदीप यादवले जानकारी दिए ।

    मधेस प्रदेशभित्रका आठवटै जिल्लामा गठबन्धन दलको छलफलपछि प्रदेश नेतृत्वसँग जिल्लागत रुपमा बैठक राखेर तालमेलको खाका तयार पार्ने निर्णय भएको गठबन्धन घटकका नेताहरुको भनाइ छ । प्रदेश गठबन्धन नेतृत्वसँग हुने त्यस्तो बैठकमा गठबन्धन घटकबाट जिल्ला सभापति तथा इन्चार्जसहित दुई जना मात्र सहभागी हुनेछन् ।

    गठबन्धन बैठकमा सहभागी भएका नेकपा माओवादी केन्द्रका मधेश प्रदेश सचिव योगकुमार बरबरियाले पाँच दलको बैठकमा महानगरपालिका र उपमहानरपालिकामा तालमेलबारे माथिल्लो स्तरबाटै टुङ्गो लगाउने सहमति भएको छ ।

    यता, नेकपा एमालेले पनि चुनाव केन्द्रित रणनीति तयार पार्दैछ । महोत्तरीको बर्दिबासस्थित गौतम होटेलमा भएको बैठकबाट सत्तारुढ गठबन्धन दलभित्र रहेका असन्तुष्ट पक्षलाई समेटेर निर्वाचन केन्द्रित रणनीति बनाउने निर्णय भएको बैठकमा सहभागी नेताको भनाइ छ ।

    नेकपा एमालेका नेता रामचन्द्र मण्डलले मधेस प्रदेश कमिटीको पूर्ण बैठक बसेर स्थानीय तहको निर्वाचनमा केन्द्रित हुने जनाए । उनका अनुसार स्थानीय तहमा आवश्यकता अनुसार गठबन्धनबारे निर्णय गरिनेछ ।

    एमाले मधेस प्रदेश समितिका सचिव सुमन प्याकुरेलले प्रदेश सदस्यहरुलाई गठबन्धन घटकभित्र व्यापक असन्तुष्टि रहेको उल्लेख गर्दै यसलाई प्रयोग गरी आफूतर्फ तान्न भरपुर प्रयास गर्न निर्देशन दिए । उनले गठबन्धन दल भित्रका असन्तुष्टिलाई बाहिर ल्याएमा अन्यत्र पनि फाइदा हुने भन्दै त्यसतर्फ गम्भिरतापूर्वक लाग्न प्रदेश सदस्यहरुलाई निर्देशन दिए ।

    मंगलबार नै सम्पन्न लोकतान्त्रिक समाजवादी पार्टी नेपाल मधेस प्रदेश समितिको बैठकले पनि चुनाव केन्द्रित रणनीतिबारे छलफल गरेको छ । स्थानीय निर्वाचनका लागि आकांक्षी उम्मेदवार छनोटबारे जिल्लागत रिपोर्ट तथा विभिन्न सुझावलाई केन्द्रीय समितिमा पेस गर्ने र विभिन्न स्थानीय तहमा हुन सक्ने तालमेल वा गठबन्धनलगायत बारेमा निर्णय भएको लोसपा मधेस प्रदेशका अध्यक्ष जितेन्द्र सोनलले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत
  • देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक
  • पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक
  • बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    सखुवा प्रसौनी गाउँपालिकाको बजेट ५९ करोड : खेलकुद,शिक्षा,स्वास्थ्य र कृषि प्राथमिकतामा

    नेशनल मेडिकल कलेज र वीरगन्जका ७ वडा बीच स्वास्थ्य सेवा सम्झौता

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    News

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    News

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    News

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    News

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑