गठबन्धनमा रहेको एकीकृत समाजवादीले चैत २६ र २७ मा केन्द्रीय सचिवालयको बैठक राखेर उम्मेदवार छनोटको मापदण्ड र समय तालिका तय गरेको छ । उक्त पार्टीले वैशाख ८ गतेभित्र उम्मेदवार टुंगो लगाइसक्ने गरी समय तालिका तोकेको छ ।
केन्द्रीय कार्यालयले उम्मेदवार छनौटको मापदण्ड र समय तालिका सर्कुलरमार्फत पार्टी पंक्तिमा पठाएपछि स्थानीय तहमा नेताहरू सम्भावित उम्मेदवार छनोटमा केन्द्रित भएको एकीकृत समाजवादीका नेताहरूले बताएका छन् ।
त्यसबाहेक, जनता समाजवादी पार्टी पनि नजिकिएको चुनावको व्यापक प्रचारमा होमिएको छैन ।
उक्त पार्टी समेत गठबन्धनमा हुने तालमेलको निर्णयको पर्खाइमा रहेको नेताहरूले अनौपचारिक कुराकानीमा बताएका छन् ।
उद्धव थापा
उद्धव थापा