बाँकेको नेपालगन्ज उपमहानगरपालिका-११ बिपीचोकमा आइतबार राति कारको ठक्करबाट तीनजना पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ६५ वर्षीया समिना इद्रिसी, ५ वर्षीय कलिम इद्रिसी र ५ वर्षकै अली अन्सारी रहेका छन् ।
कारको ठक्करबाट गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा नर्सिङहोम नेपालगञ्जमा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कारकादोबाट गणेशमान चोकतर्फ जाँदै गरेको प्रदेश नम्बर ३-०१-०२३ च ८४८१ नम्बरको कारले पैदल हिँडिरहेका उनीहरूलाई गए रातस पौने १२ बजे एकैसाथ ठक्कर दिएको थियो ।
कारसहित चालकलाई जिल्ला प्रहरी कार्यालय बाँकेले नियन्त्रणमा लिएको छ ।