वीरगंज | वीरगंज हेल्थकेयर अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको छ। पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बीमा कार्यक्रमको उद्घाटन गरे।
ढकालले कार्यक्रमबारे ग्रामीण भेगका जनतालाई जानकारी र जनचेतना नभएको पनि बताए। उनले वीरगंजको नारायणी अस्पताल, नेशनल मेडिकल कलेजसँगै वीरगंज हेल्थकेयरमा सुरु भएको सेवाले जनताले लाभ लिने बताए।
बीमा बोर्ड वीरगंज शाखाका हरिश पन्तले कार्यक्रमबारे जानकारी गराएका थिए।