• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    गभर्नर अधिकारीले निलम्बनको पत्र बुझ्नु अघि अर्थमन्त्रीले एउटै मञ्चबाट भनेका थिए– मैले सोध्दा किन मिडियामा सूचना गयो?

  • वीरगंज संजाल
  • २६ चैत्र २०७८, शनिबार ००:५८
  • ३१४५

    वीरगंज | सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ। अधिकारीलाई निलम्बन गरेर डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यवाहक गभर्नरको अधिकार दिइएको छ। बिहीबार बसेको मन्त्रिपरिषद्‌को बैठकले गभर्नर अधिकारीमाथि विभिन्न आरोपमा छानबिन अगाडि बढाउने निर्णय गरेको थियो। जसअनुसार अधिकारी निलम्बनमा परे।

    अधिकारी निलम्बनमा परेको विषय शुक्रबार साँझ मात्रै सार्वजनिक भएको हो। जबकि, शुक्रबार बिहान अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर अधिकारी एउटै मञ्चमा थिए। शुक्रबार नेपाल राष्ट्र बैंकले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पनि वक्ता थिए। राष्ट्र बैंकले आयोजना गरेको कार्यक्रममा मन्त्री शर्माले गभर्नर अधिकारीप्रति आफ्नो असन्तुष्टि पोखेका थिए। ‘राष्ट्र बैंक अर्थ मन्त्रालयको सल्लाहकार हो भन्ने सुनेको छु, हो पनि। कसैले मलाई फोन गर्छन्, यहाँ अर्थतन्त्रमा ठूलो समस्या भयो भन्छ। सेयर किन्ने पैसामा क्याप लागिइसक्यो, किन गराएको भनेर सोध्छन्। म गभर्नर साबलाई सोध्छु, के हो यो? मैले सोध्न अन्त कहाँ जाने? सल्लाहकारलाई त सोध्नु पर्यो!,’ उनले मञ्चबाट गभर्नरतिर हेर्दै भनेका थिए।

    उनले कहिलेकाँही बैंकको ब्याज बढ्ने र किन बढ्यो भनेर सोध्नुपर्ने बताउँदै कहिलेकाँही कोही व्यक्ति आउने र निवेदन दिने गरको पनि बताए। निवेदन के रहेछ हेरिदिनुपर्‍यो भन्दा मिडियालाई सूचना चुहाएको भन्दै अर्थमन्त्री शर्माले अमेरिकाबाट आएको शंकास्पद ४० करोड रकम रोक्का प्रकरणमा सूचना लिक गराएको अप्रत्यक्ष आरोप अधिकारीमाथि लगाए। ‘ऐन कानुनले चल्ने हो, मन्त्री होस् वा कुनै संस्था होस्। मेरो बैंक खाता रोकियो भनेर आएको छ, के हो बुझिदिनुस् भन्दा ठूलो विषय बनाएर मिडियामा किन पुर्‍याइन्छ,’ मन्त्री शर्माको भनाइ थियो, ‘यस्तो अनुशासनले हुन्छ? एउटा सञ्चालक समितिले ३० हजार डलर चाहियो भनेर बार्गेनिङ गरेको सुनेको छु, आधिकारिक कुरा थाहा छैन।’

    कतिपयलाई नेपाल श्रीलंका जस्तै बनाउने रहर जागेको बताउँदै उनले ती सपनाहरु पूरा हुन नदिने समेत बताएका थिए। ‘कतिपयलाई रहर छ नेपाललाई श्रीलंका बनाउने। तीनको सपना पूरा हुँदैन,’ अर्थमन्त्री शर्माको भनाइ थियो, ‘नेपाल र श्रीलंकाको तुलना हुन सक्दैन। हाम्रो ऋणको कुरालाई हेर्नुस्, हाम्रो उत्पादन क्षेत्रलाई हेर्नुस्, विदेशी लगानी हेर्नुस्, ऋण सहायता हेरौं। तुलना नहुने कुरामा तुलना गर्दै जनतालाई आतंकित पार्ने काम एक थरीहरुले गरिरहेका छन्, त्यो गलत छ।’ उनले अर्थतन्त्रमा समस्याहरु रहेको कुरा आफूले पनि भनिरहेको भन्दै तरिका बदल्नुपर्छ भनेको दाबीसमेत गर्न भ्याए। श्रीलंकासँग तुलना गर्दै जनतालाई आतंकित नगर्नसमेत उनले अपिल गरे। ‘यस्तो प्रचारको अन्त्य गरौं, हाम्रो अर्थतन्त्रलाई सुधार गर्ने कुराहरु के–के हुन्, त्यसमा बहस गरौं,’ उनको भनाइ थियो।

    अहिले डलरको सञ्चिती साढे ६ महिनालाई पुग्ने रहेको दाबी गर्दै योभन्दा तल नझरोस् भनेर सरकार सर्तक रहेको शर्माको भनाइ थियो। यो बढ्दै जानुमा बिलासिताका सामानमा धेरै छुट दिएको तर्क उनले गरे। नेपाली उत्पादनलाई बजार दिन नसकिएका कारण समस्या भएको पनि उनले स्वीकार गरे। ‘हाम्रो स्याउहरु जुम्ला र मुगुमा कुहिएर फालिएको छ। स्याउ आयातमा प्रोत्साहित गर्यौं, हाम्रो गल्ती त्यहाँ भएको छ,’ उनले भने, ‘हाम्रा आलुहरु दुरदराजमा त्यतिकै फालिएका छन्। तिनीहरुलाई बजारमा पुर्‍याउने सोच बनाएनौं। त्यहाँका उत्पादनलाई बजारसँग जोड्ने नीति बनाएनौं।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑