जनकपुरधाम | पिकअप भ्यानको ठक्करबाट धनुषाको मिथिला नगरपालिकामा मोटरसाइकल चालक ५६ वर्षीय शेरबहादुर राईको मृत्यु भएको छ।
मंगलबार बिहान ८ बजे मिथिला-११ बाहुनमारास्थित पृथ्वी राजमार्गमा सिन्धुलीबाट बर्दिबासतर्फ आउँदै गरेको प्रदेश १–०२–००२ प नम्बरको पिकअप भ्यानले विपरीत दिशाबाट आउँदै गरेको बा ५२ प ५१३० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिए। राई रौतहटको चन्द्रनिगाहपुर नगरपालिका-५ का रहेको इलाका प्रहरी कार्यालय ढल्ककेवरका प्रहरी निरीक्षक प्रदिप सुवेदीले जानकारी दिए।
शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको प्रहरी निरीक्षक सुवेदीले बताए। ठक्कर दिने पिकअप र त्यसका चाकल सुनसरीको बराह नगरपालिका-७ का २४ वर्षीय मनिष खत्रीलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ।