• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पैँचो फिर्ता माग्दै माओवादी, अंश माग्दै समाजवादी : कांग्रेस भन्छ– मेयर हाम्रो

  • वीरगंज संजाल
  • २२ चैत्र २०७८, मंगलवार ०८:१२
  • ३५२९

    पोखरा । जिल्ला निर्वाचन कार्यालय कास्कीले दिएको तथ्यांक अनुसार पोखरा महानगरपालिकामा दुई लाख सात हजार ७१२ जना मतदाता छन् । अघिल्लो ०७४ को स्थानीय तहमा भन्दा यसपटकको चुनावमा थपिने मतदाताको संख्या ३९ हजार ६४५ रहेको छ ।

    अघिल्लो निर्वाचनमा पोखरामा झन्डै १४ हजार मतान्तरसहित एमालेले मेयर र २२ वटा वडा पनि जित्यो ।

    त्यो अन्तर घटाउने र नयाँ थपिएका मतदाता आफ्ना पक्षमा पारेर चुनाव जित्न अहिले यहाँ गठबन्धनले तयारी गरिरहेको छ ।

    चुनावमा गठबन्धन नगरे जित्न गाह्रो हुनेमा गठबन्धनका कांग्रेस, माओवादी, एकीकृत समाजवादी एकमत छन् । मिलेर चुनाव जित्ने तयारी भइरहँदा गठबन्धनमा नेतृत्व कसले पाउने भन्नेमा चाहिँ उनीहरु विभक्त छन् ।

    सबैको दाबी छ– मेयर हामीले पाउनुपर्छ

    चुनावी तालमेल र नेतृत्वको रस्साकस्सीबीच आफ्नो दलको विचार सुनाउन केहीदिन अघि ‘मेरो मेयरको योजना’ कार्यक्रममा भेला भए, कांग्रेस सभापति किशोरदत्त बराल, माओवादी केन्द्रका नेता विश्वप्रकाश लामिछाने र समाजवादीका अध्यक्ष धनराज आचार्य ।

    भेला भएका तीनैजना पोखराका मेयरका आकांक्षी समेत हुन् । पार्टीगत नेतृत्व गर्दै उपस्थित भएका तीनै जनाले चुनावमा गठबन्धन रहने स्पष्ट पारे ।

    कसको भागमा पर्छ भन्ने निर्णय केन्द्रले गरेता पनि उनीहरुले मेयरमा आफ्नो पार्टीको दाबी भने छाडेनन् ।

    हुन त, कास्कीमा ०७४ मा पनि गठबन्धन भएको हो । माओवादी कांग्रेसको उक्त तालमेलमा एमालेका मानबहादुर जिसीले ६० हजार ११८ मत ल्याए । गठबन्धनका उमेदवार कांग्रेसका रामजी कुँवरले ४६ हजार ४१६ मत ल्याएका थिए ।

    अघिल्लोपटक उमेदवारी फिर्ता लिएर कांग्रेसलाई सघाएका विश्वप्रकाश लामिछानेले यसपटक कांग्रेसले पैँचो तिर्नुपर्ने बेला आएको बताए । उनले अघिल्लोपटक मेयरबाट नाम फिर्ता लिएर कांग्रेसलाई सघाएका थिए । तर, उपमेयर माओवादीलाई दिने भनिएता पनि कांग्रेसले सरस्वती गुरुङलाई उपमेयरको उमेदवार बनायो । उनले ४४ हजार ३३८ मत ल्याएकी थिइन् । माओवादीबाट उपमेयर उठेकी गोमा ढकालले ८ हजार ७९६ मत मात्र पाएकी थिइन् ।

    त्यही विगत सम्झेर तीनै दलले गठबन्धन चाहिने प्रष्ट मत राखे ।

    माओवादी केन्द्रका लामिछानेले अघिल्लोपटक आफूले कांग्रेसलाई पैँचो दिएको हुँदा उक्त पैँचो फिर्ता दिनुपर्ने बताउँदै मेयर माओवादी केन्द्रबाटै बन्नुपर्ने र गठबन्धनले सघाउनुपर्ने बताए ।

    “हाम्रोमा पैँचो दिएपछि फिर्ता गर्ने चलन हुन्छ, मैले अघिल्लोपटक कांग्रेसलाई पैँचो लगाएको छु, त्यो तिर्नेबेला आएको छ,” लामिछानेले भने ।

    स्थानीय चुनावमा अनटेस्टेड नयाँ पार्टी नेकपा समाजवादीले पनि मेयरको टिकटमा दाबी गर्‍यो ।

    समाजवादीका धनराज आचार्यले लडाई एमालेसँग भएको र त्यसलाई क्षति आफूहरुले मात्रै पुर्‍याउन सक्ने हुँदा मेयरमा समाजवादीले अंश पाउनुपर्ने बताए ।

    “उहाँले पैँचोको कुरा गर्नुभयो, मं अंशको कुरा गर्छु, हामीले विद्रोह गरेर आएका हौँ, त्यहीँ बसेको भए त धेरै चिज पाइन्थ्यो होला, हामीले त अवसर छाडेर आएका हौँ । सजिलो बाटो छाडेर, कम्फर्ट जोन छाडेका हौँ,” उनले थपे, “जो मान्छेले यो पार्टी बनायो, यी साथीहरुले एमालेका राम्रा, नराम्रा सबै पक्ष देखेका छन् । धेरै मान्छे हामीसँग सहकार्य गरेका छन्, म जस्ता धेरै साथी हाम्रो पार्टीमा छन् । त्यसकारण हामीहरुले त्यहाँको मत ल्याउन सक्छौँ । कतिपय साथीहरुको बाध्यता होला, ननअफिसियल्ली ठूलो अंश हामीसँग छ । हामी ल्याउँछौँ ।”

    कांग्रेस सभापति किशोरदत्त बराल चाहिँ सहकार्य भएता पनि नेतृत्व कांग्रेसले नै पाउने दाबी गर्छन् । अघिल्लो निर्वाचनको मत, मतदाता, इतिहासका आधारमा पनि कांग्रेसले नै मेयर पाउने दाबी उनले गरे ।

    “यो स्वाभाविक र प्राकृतिक कुरा हो, कांग्रेसले टिकट पाउनुपर्छ । महानगरमा अरु पार्टीभन्दा कांग्रेस बलियो छ र सबैभन्दा ठूलो संगठन हाम्रो छ । अघिल्लो निर्वाचनमा ४६ हजार मत ल्याएका छौँ । अहिले एक्लै लडेतापनि २२ वटा वडासहित मेयर उपमेयर जित्न सकिन्छ । गठबन्धन त सबै वडा जितौँ भनेर न हो,” उनले भने ।

    उमेदवार छनोट गर्दा, सिफारिस गर्दा कांग्रेसले पोखराले खोजेको मेयर सिफारिस गर्ने उनले बताए ।

    “फरक विचार भएका पार्टीसँग गठबन्धन भन्ने छ । निर्वाचनमाथि विश्वास गरेर आउनुभएका अन्य दलहरु प्रजातान्त्रिक चरित्रमा समाहित हुन आउनुहुनेछ । उहाँहरुलाई गाह्रो नमान्नुहोला,” बरालले भने ।

    समाजवादीका आचार्य चाहिँ नयाँ पार्टी भएता पनि आफूहरु २०५१–०५२ को एमालेजस्तो रहेको बताए । “यो सहकार्य हो, एउटै डुंगामा हिँडेका छौँ, कसैले पनि दम्भ देखाउन जरुरी छैन । समाजवादी २०५१–०५२ सालको एमालेजस्तै हाम्रो पार्टी रहेको छ,” उनले भने ।

    ५ हजार ६०० संगठित सदस्य नै रहेको दाबी उनले गरे । मेयर कांग्रेस भए पनि, माओवादी भएता पनि आफूहरुले समर्थन गर्ने उनले बताए ।

    माओवादी केन्द्रका लामिछानेले संयुक्त घोषणापत्र तयार गर्ने र गठबन्धनका उमेदवारलाई जिताउने बताए ।

    उनले चुनावमा गठबन्धन नभए माओवादी एक्लै जानसमेत तयार भएको बताए ।

    “पार्टीले एक्लै जाने तयारीसमेत गरेको छ । त्यसका लागि पार्टीको घोषणापत्र तयार छ । मिलेर जाने भनेपछि एउटै घोषणपत्र बनाएर जान हामी तयार छौं,” उनले भने ।

    फेवातालको मापदण्डमा तीनजना तीनतिर

    कार्यकालको अन्तिममा आएर पोखरा महानगरपालिकाले फेवातालको मापदण्ड ३० मिटरमा झार्ने निर्णय गरेको छ । सर्वोच्चको आदेश, जिल्ला परिषदको निर्णय, नगर परिषदको निर्णय विपरित महानगरले मापदण्डलाई ६५ मिटरबाट हटाएर ३० मा झार्दा कुनै पनि दल खुलेर बोल्न सकेका छैनन् ।

    सम्मुखको चुनावमा भोट घट्छ कि भन्ने डर छ भने एमालेको एकल बहुमत रहेको पोखरा महानगरपालिकाले चाहिँ ३० मिटरमा झार्ने निर्णय गरेर अवैध भनिएका ३१८ संरचना जोगाइदिएको छ ।

    यही मापदण्डको विषयमा प्रश्न राख्दा कांग्रेसका सभापति किशोरदत्त बरालमात्रै स्पष्ट बोल्न सके । उनको पार्टी कांग्रेस ६५ मिटर मापदण्डको पक्षमा उभिएको छ ।

    “६५ मिटर कार्यान्वयन गर्दा धेरै घर जान सक्छन्, जग्गा जान सक्छन् । त्यसका लागि राज्यले उचित मुआब्जा दिने हो, सरकारसँग पैसा छैन भनेर फेवाताललाई विकृत पार्ने र पोखराको पर्यटनको सम्भावनालाई कमजोर पार्ने पक्षमा नेपाली कांग्रेस छैन । फेवातालको सबै ठाउँमा ६५ मिटर नै मापदण्ड कायम गरिनुपर्छ,” उनले भने ।

    समाजवादीका धनराज आचार्य चाहिँ यस विषयमा बोल्दै बोलेनन् ।

    माओवादी केन्द्रका लामिछानेले चाहिँ खुलेर बोल्न सकेनन् । उनै लामिछानेले नै फेवातालको संरक्षणको लागि रिट दायर गरेका थिए ।

    उनले आफ्नो भनाई प्रतिवेदनमा आइसकेको भनेर टारे । उक्त प्रतिवेदनमा ६५ मिटर स्पष्ट लेखिएको छ । तर, त्यो अंक भन्न चाहिँ उनले मानेनन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑