सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट भिखमपूरले दसौता सिमानामा कडाई गरेको जनाएको छ । भारतबाट आउने सबैलाई चेकजाचमा कडाई गरेको सशस्त्र प्रहरी पोष्ट भिखमपूरले जनाएको छ ।
स्थानीय निर्वाचन नजिकिए संगै सिमानाकाबाट अग्रिम अबैध सामग्री भित्रन सक्ने आशंकाले नियमित चेकजाचमा कडाई गरिएको शास्त्र प्रहरीले जनाएको छ ।
चुनावलाई लक्षित गरी खास गरी सिमाना संग जोडिएको ग्रामिण क्षेत्रमा शुरक्षा व्यवस्था कडा पारिएको सशस्त्र प्रहरी पर्साले जनाएको छ । अहिले देखि नै जिल्लाको सिमाना संग जोडिएको गाउँमा सशस्त्र प्रहरीले गस्ती गरिरहेको सशस्त्र प्रहरी कार्यालय पर्साले जनाएको छ ।