टोक्यो । जापानमा ७ दशमलब ३ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पले २० लाखवटा घरको विद्युत आपूर्ति रोकिएको छ भने सरकारले सुनामी आउन सक्ने चेतावनी दिएको छ ऽ
फुकुसिमा क्षेत्रको जलीय क्षेत्रको ६० किलो मटिर गहिराइमा यसको केन्द्रविन्दु रहेको जापानको भौगर्भिक निकायले जनाएको छ । जापानको उत्तर पूर्वी तटीय क्षेत्रका केही भागमा एक मिटर अग्लो सामुद्रिक छाल अर्थात सुनामी आउने चेतावनी दिइएको छ ।
स्थानीय समयअनुसार बुधवार बेलुका ८ बजे आएको यस भूकम्पले जापानको पूर्वी भागलगायत राजधानी टोक्योलाई नराम्ररी हल्लाएको थियो । अहिलेसम्म यसबाट भएको भौतिक तथा मानवीय क्षतिको कुनै विवरण प्राप्त भएको छैन । जापान बारम्बार भूकम्प आइरहने मुलुक हो ।