बारा | बारा जिल्लाको देवताल गाउँपालिका-७ स्थित सीमा इलाकाबाट फागुन २० गते सशस्त्र प्रहरीले करिब १ सय २० केजी गाँजा बरामद गरेको छ।
नेपालबाट भारततर्फ जाँदै गरेका व्यक्तिहरू गस्तीमा खटिएको सशस्त्र प्रहरीको टोलीलाई टाढा देख्नासाथ बोकेको गाँजा त्यहीँ फालेर भागेपछि बरामद गरिएको हो।
बरामद गाँजा सशस्त्रले आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाएको छ।