जनकपुरधाम | नेपाली कांग्रेस महोत्तरीको दोस्रो चरणको निर्वाचनमा सहमतिपछि सभापतिमा नागेश्वर यादव सर्वसम्मत निर्वाचित भएका छन्। सुशील यादव शनिबार चुनावी प्रतिस्पर्धाबाट हटेपछि सहमतिमा नागेश्वर सर्वसम्मत निर्वाचित भएका हुन्।
पहिलो चरणको निर्वाचनमा मत परिणामबाट बजरंग नेपाली बाहिरिएपछि नागेश्वर र सुशील चुनावी मैदानमा थिए। कुनै पनि उम्मेदवारले पहिलो चरणमा ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचन तय भएको थियो।
दोस्रो चरणमा सुशील समूहले समर्थन गरेपछि निर्वाचनविनै नागेश्वर निर्वाचित भएको घोषणा गरिएको छ। ३ जना उम्मेदवारमध्ये पहिलो चरणको मत परिणाममा नागेश्वरले १ हजार ११, सुशीलले ७ सय ७९ र बजरङ्गले ३ सय ६ मत ल्याएका थिए।