• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    स्थानीय तहमा दलित समुदायको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न दबाब दिइने

  • वीरगंज संजाल
  • २१ फाल्गुन २०७८, शनिबार १८:१६
  • २१९७

    सिराहा | सिराहामा आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा दलित समुदायको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न राजनीतिक दलमा आबद्ध दलित अगुवाहरूले दबाब दिने भएका छन् । दलित सरोकार मञ्च सप्तरीद्वारा शनिबार सिराहाको लहानमा आयोजित ‘स्थानीय तहमा दलित समुदायको समानुपातिक प्रतिनिधित्वका लागि राजनीतिक दलहरूसँग अन्तर्क्रिया कार्यक्रम’मा सहभागी दलित अगुवाहरूले जनसंख्याको आधारमा स्थानीय तहको प्रमुख, वडाध्यक्षजस्ता पदहरूमा उम्मेदवार बनाउन आफूसम्बद्ध दललाई दबाब दिने बताए ।

    मुख्य पदमा दलित नभए ‘संघर्ष’
    नेकपा एमालेका जिल्ला नेता रामस्वरूप सदायले आफ्नो पार्टीले पार्टीगत संरचनामा वडादेखि जिल्ला प्रदेश र केन्द्रमा दलितको समानुपातिक प्रतिनिधित्वका लागि प्रयास गरिरहेको बताए । ‘जिल्लाको सबै स्थानीय तहमा बनेको पार्टीको संरचनामा दलितहरू समावेश छन्,’ सदायले भने, ‘आगामी निर्वाचनमा दलितको समानुपातिक प्रतिनिधित्वका लागि जिल्ला नेतृत्वसँग गहन छलफलपछि योजना बनाएर निर्वाचनमा होमिन्छौं।’ आफूहरूको मागको उपेक्षा गरिए मुख्य पदमा उम्मेदवारी दिन जुनसुकै दलसँग सहकार्य हुन सक्ने उनको भनाइ थियो ।

    नेपाली कांग्रेस सिराहा क्षेत्र नं. १ का सभापति महेश चौधरीले आगामी स्थानीय तहको निर्वाचनमा आफू लहान नगरपालिकाको प्रमुख पदको आकांक्षी रहेको बताए । उनले उपप्रमुख पदमा दलित महिला तथा वडाध्यक्षहरूमा पनि जनसंख्याको आधारमा उम्मेदवार चयन गरिने बताए ।

    नेकपा (माओवादी केन्द्र) लहान नगरपालिका अध्यक्ष तथा लहान–२१ का वडाध्यक्ष हेमन्त यादवले आफ्नो पार्टी जनयुद्धकालदेखि नै दलित, उत्पीडितहरूको पक्षमा रहेको बताउँदै दलित समुदायलाई अन्य पार्टीको तुलनामा सांगठनिक र पदीय जिम्मेवारी दिन अगाडि रहेको बताए । ‘स्थानीय तहको निर्वाचनमा वडासदस्यदेखि प्रमुखसम्मको पदमा स्थानीय तहको जातीय जनसंख्याअनुसार दलितको प्रतिनिधित्व सुनिश्चित गरिनेछ ।’
    अन्तर्क्रियामा सहजीकरण गर्दै मधेस मामिला विश्लेषक डा. विजयप्रसाद मिश्रले कानुनी व्यवस्थाअनुसार जिल्लाको १७ स्थानीय तहमा कम्तीमा चारजना प्रमुख–अध्यक्ष र एक सय ६४ वडामा ३६ जना वडाध्यक्ष हुनुपर्ने बताए ।

    त्यसका लागि स्थानीय, प्रदेश र संघीय निर्वाचनमा जनसंख्याको आधारमा पूर्ण समानुपातिक व्यवस्था हुनुपर्ने र दलितहरूको छुट्टै आरक्षित क्षेत्रको व्यवस्था गरिनुपर्ने डा. मिश्रको भनाइ थियो । ‘दलितहरूको उल्लेख्य संख्या भएको स्थानीय तह यकिन गरी जनसंख्याअनुसार दलितको उम्मेदवारीका लागि टिकट वितरण गरिनुपर्छ,’ उनले भने, ‘टिकट पाएकाहरूको जितको सुनिश्चित गर्न अन्तरदलित मोर्चा बनाएर अगाडि बढ्नुपर्छ ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑